रबिले गरेको काम र अश्टमीलाई गलत देख्ने बोल्नेहरुले यो लाइभ भिडियो हेर्नू होला मानवता को लागि भिडियो

इनेप्लिज २०७४ मंसिर २१ गते २२:३० मा प्रकाशित

सुनिल श्रेष्ठ,
पत्रकारिताको धारलाई जनता र देशसंग जोड्दै बैदेशिक हस्तक्षेपको बिरोधमा जय स्वाभिमान मार्फत देश र जनतालाई जगाउने प्रेम बानियाँलाई खेदाए पछि सुनसान रहेको नेपाली मिडियालाई देशको प्रधानमन्त्रीलाई नै प्रतक्ष्य जनतासंग जोड्ने नयाँ धारणा लिएर अघि आएका रबि लामिछानेसंग बैदेशिक आइडी छ भन्ने कुराको ज्ञान नेपालका मुर्धन्य पत्रकारहरु सबैलाई नै थियो ।

जब सिधाकुरा प्रधानमन्त्रीले सफलता प्राप्त गर्दै गयो तब षडयन्त्र पुर्वक उक्त कार्यक्रमबाट खेदाइयो तर कसैले रविको आइडिको कुरा उठाएनन् अनि रविले जब नेपाली पत्रकारिता जगतलाई सिधै जनतासंग जोडे सिधाकुरा जनतासंगको माध्यमबाट तब सिंगो देशमा एउटा नयाँ सुचना क्रान्तिको लहर नै आयो, जसले गर्दा सबै तिर टिम रविको जयजयकार भयो जुन कुरा नेपालकै बरिष्ठ भनिएका पत्रकारहरुलाई नपच्नु स्वाभाविक नै थियो र यहि मंसिर २८ गते सिधाकुरा जनतासंगले एक बर्ष पुग्न लाग्दा रबिसहित उक्त कार्यक्रमलाई नै बन्द गराउने हिसाबले चलखेल हुदै छ ।

बंशको नागरिकता लिएका र देश बचेर त्यसका अंश खाएका केहि कुपात्रहरुको भिडमा बैदेशिक आइडी वा नागरिकता नै लिएका रविले देश र जनताको समस्यालाई पत्रकारिता जगतसंग जोड्दै गर्न सकेको समाधान गरेका छ त्यही ठुलो कुरा हो ।

रबि आउन भन्दा अघि नेपालको कसैलाई पनि कसैले रोकेको थिएन यस्तो कार्यक्रम गर्न तर कुनै पत्रकार देखा परेनन , देखा परुन पनि कसरी सबै जना राष्ट्र सक्ने दलका परमप्रतापी भक्त जो छन् ।

टिम रविको सिधाकुरा जनतासंग र रबि लामिछानेलाई सबैले साथ दिन जरुरि छ !

प्रतिक्रिया