” साइलेन्स ब्रेकर्स ” टाइम म्यागजिनका बर्षका व्यक्ति २०१७ बाट घोषित

इनेप्लिज २०७४ मंसिर २१ गते ३:४३ मा प्रकाशित

अमेरिका बाट प्रकाशित प्रसिद्ध टाइम म्यागजिन पत्रिकाले आज बुधबार दिसम्बर ७ तारिख सन् २०१७ को लागि पर्सन अफ द ईयर २०१७ को घोषणा गरेको छ l यस पटक बिशेष एकल व्यक्ति भन्दा पनि ” पर्सन अफ द ईयर २०१७ “मा साइलेन्स ब्रेकर्स अर्थात् मौन भण्डाफोर लाई प्रदान गरेको छ l

उक्त साइलेन्स ब्रेकर्स हरुमा कलाकारहरु ,गायकगायिकाहरु,गृहणीहरु,अविवाहिता युवती तथा समाचार वाचकलाई “द साइलेन्स ब्रेकर्स ” नामाकरण गरिएको छ l

यो बर्षमा टाइम पत्रिकाका सम्पादकहरुले कुनै एक व्यक्ति मात्र फेला नपारी २०१७ मा सांस्कृतिक परिवर्तन को झिल्का सल्काई सयौले आफुले लुकाएर राखेका मौनता लाई सार्बजनिक रुपमा प्रकाशमा ल्याएका थिए l उनीहरु सबै जना जस्तो यौन शोषणका पिडित तथा यस अभियानका बुलन्द आवाज निकाल्नेहरु रहेका छन् l

टाइम पत्रिका भन्छ, यस बर्ष पछाडिका महिलाका “मि टु मुभमेन्ट एगेंस्ट सेक्सुअल ह्यारसमेन्ट ” अर्थात् यौन उत्पीडन बिरुद्धको अभियानमा म पनि ” भन्नेहरु नै टाइम म्यागजिनका बर्षका व्यक्ति २०१७ बाट घोषित भएको लेखेको छ l

टाइम म्यागजिन का प्रमुख सम्पादक एडवार्ड फेल सेन्थल ले आज बुधबार एनबिसी समाचारमा २०१७ का बर्षका व्यक्तिहरु मौन तोड्नेहरु भएको सार्बजनिक गरे l

प्रधान सम्पादकले भने” मि तु मुभमेन्ट ” एक दशक अवधिमा सबै भन्दा शिघ्र रुपमा अत्यधिक रफ्तारमा अगाडी बढेको यसलाई बताए l उनले अगाडी भने यसमा सयौ महिला र केहि पुरुषहरु पनि आई आफ्नो यौन शोषण /उत्पीडन बारेमा बताई कथा सुनाएको बताएका थिए l

प्रतिक्रिया