दोस्रो चरणको निर्वाचनमा १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान सुरु (तस्विरहरु सहित )

इनेप्लिज २०७४ मंसिर २१ गते २:१५ मा प्रकाशित

                     राजपा नेता अनिलकुमार झा अध्यक्ष मन्डल सदस्य ले सस्कृत माबी मत्सरिमा मतदान गर्दै

काठमाडौं– आज मंसिर २१ गते बिहिबार ४५ जिल्लाको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुको निर्वाचन को चहल पहल सुरु भएको छ l मतदाताहरु एक बिहानै देखि लामबद्ध भै मतदान केन्द्रमा पुगेका देखिएका छन् l निर्वाचन ठिक ७ बजे देखि सुरु भएको छ l प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले गत बुधबार अपान्ह पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएका थिए l

आयोगका अनुसार दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको छ ।

त्यसैगरी, निर्वाचन सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारीहरू मतदान कार्य सम्पन्न गर्नका लागि खटाइ उनिहरु सबै मतदान केन्द्रमा पुगिसको आयोगले जनाएको छ । दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ जम्मा १ हजार ६ सय ६३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा सदस्यतर्फ सातै प्रदेशमा गरी जम्मा २ हजार ८ सय १९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका लागि २ सय २० पदका लागि जम्मा ५ हजार ८ सय ३८ जना निर्वाचनको प्रतिस्पर्धामा छन् । आज हुने निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ l

तस्बिर :अरुण राज सुमार्गी

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।

साथै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्न सक्ने व्यवस्थासमेत मिलाइएको आयोगले जनाएको छ ।

बिहीबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने छन् l

तस्बिर :अरुण राज सुमार्गी

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नहरूमध्ये आफूलाई मनपर्ने उम्मेदवारको कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएका बेग्ला–बेग्लै मतपेटिकामा मत खसाल्नु पर्नेछ ।

यसैगरी, समानुपातिकतर्फ मतदाताले आफूलाई मन परेको राजनीतिक दलकोे निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने हुन्छ । त्यसका लागि हल्का रातो मसीले छापिएको मतपत्रको एउटै पानाको माथिल्लो भागमा प्रतिनिधिसभा सदस्यका लागि मतपत्र–१ रहेको छ । त्यही मतपत्रको तल्लो भागमा प्रदेशसभाका लागि मतपत्र–२ रहेको छ । ती निर्वाचन चिह्नहरूमध्ये माथिल्लो मतपत्रमा एउटा र तल्लो मतपत्रमा एउटा गरी दुईवटा चिह्नमा मत संकेत गर्नुपर्ने हुन्छ ।

यसै गरि मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ । मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको छ ।

आयोगले अनुमति प्रदान गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले यस निर्वाचनमा पर्यवेक्षण गर्दैछन् । मतदान केन्द्रमा मतदाताले प्रदान गरेको मतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसम्म सुरक्षितरूपमा मतपेटिका पु¥याउने कार्यमा सबै राजनीतिक दल, उम्मेदवारसँग निर्वाचन आयोगले सहयोगको अपेक्षा गरेको छ ।

 

तस्बिर : संचारकर्मी  एम ठाकुर  

प्रतिक्रिया