शनिबार, असोज ९ २०७८
काठमाडौं ११:४३
वासिङटन डिसी 01:58

फ्लोरिडा राज्यकी पूर्व अमेरिकन सभासद लाई जालसाजी गरेको आरोपमा ५ बर्ष कैद

इनेप्लिज २०७४ मंसिर २० गते ३:०५ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यकि पूर्व अमेरिकन सभासदलाई जालसाजी गरेको आरोपमा ५ बर्षको कैद सुनाएको छ l पूर्व कांग्रेसवुमन (काग्रेस महिला सभासद /प्रतिनिधि तल्लो सदन )कोरिन ब्राउनलाई फ्लोरिडा को संघीय अदालतले गत सोमबार दिसम्बर ४ तारिखमा उक्त फैसला सुनाएको हो l

पूर्व महिला सभासद ब्राउनलाई कर अपराध तथा शाम च्यारिटी (परोपकार संस्था )लाई करिव $ ८ लाख डलर चन्दा संकलन गरेको आरोप लगाईएको छ l फ्लोरिडा ज्याक्सनभिल डेमोक्रेटिक दलकी सशक्त अमेरिकन अफ्रिकन प्रतिनिधि रहेकी उनले सन् २०१२ देखि २०१६ सम्म $ ८ लाख डलर च्यारिटी कोषवृद्धि कार्यक्रमको आर्थिक हिनामिना गरेको उनलाई आरोप छ l

यसै गरि ब्राउन को प्रमुख कर्मचारी रोनी सिमन्स लाई समेत ४८ महिना कैद सजाय तथा ३ बर्ष परिक्षण काल को लागि सजाय अदालतले सुनाएको छ l उनि परोपकारी संस्था एक द्वार शिक्षा प्रतिष्ठान (वान डोर एजुकेसन फाउन्डेसन ) किर्ते संस्थापक हुन् l यसै गरि सभापति कार्ला विले लाई १ बर्षको कैद तथा ३ बर्षको परिक्षण काल सुनाईएको छ l

अदालतले गरिव बिद्यार्थीको नाममा संकलन गरिएको चन्दा ब्राउनले व्यक्तिगत रुपमा प्रयोग गरेकी थिइन् l ७१ बर्षिय ब्राउन फ्लोरिडा को उनको २५ बर्षिय राजनैतिक जीवन ध्वस्त भएको छ l उनले वान डोर फर एजिकेसन फाउनडेसन (प्रतिष्ठान )को रकम बाट खर्चिलो भोज ,यात्रा तथा किनमेल भ्रमणमा प्रयोग गरेकी थिइन् l

ब्राउन प्रथम ३ अफ्रिकन अमेरिकन मध्ये कै निर्वाचित डेमोक्रेटिक दल कि फ्लोरिडा कि सांसद हुन् l तिनै जना लाई जनवरी सम्म आफै सुम्पन अदालतले आदेश दिएको छ l भर्जिनियामा आधारित एक द्वार ले $ १ हजार २ सय को छात्रवृद्धि फ्लोरिडा को अज्ञात व्यक्तिलाई दिएको अदालतमा प्राप्त कागजातबाट देखिएको फ्लोरिडा को ज्याक्सनभिल डटकममा समाचार छ l

प्रतिक्रिया