क्यानेडियन नेवाः गुथि द्वारा टोरोन्टोमा “यो मर्हि पुन्हि” कार्यक्रम सम्पन्न
इनेप्लिज
२०७४ मंसिर १८ गते २२:१९ मा प्रकाशित
टोरोन्टो, बिगतका बर्षहरुमा झै क्यानेडियन नेवाः गुथि ले टोरोन्टोमा पाँचौ “यो मर्हि पुन्हि” बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ। कार्यक्रमको शुरुमा अतिथिहरुलाई स्वागत गर्नु हुन्दै गुथिका महा सचिब बिमल मान श्रेस्थ गुथिका कॄयाकलाप र आगामि कार्यक्रम बारे प्रकाश पार्नु भयो ।कार्यक्रमको उदघाटन गुथिका अध्यक्ष प्रकाश लाल प्रधानले “यो मर्हि पुन्हि”का बेलामा बनाईने बिभिन्न प्रकारका यो मर्हि तथा अन्य सामाग्री प्रदर्सन गरि गर्नु भयो भने गुथिका बयोबॄद्द महिला सदश्य अष्ट कुमारी ताम्राकारले सो बारे ब्याख्या गर्नु भएको थियो ।त्यसपछि गुथिका महिला सदश्यहरुले यो मर्हि बनाउन आहिने सामग्री सहित बनाउने बिधि प्रदर्शन गरिएको थियो भने उपस्थित युबा तथा अन्य पाहुना हरुले यो मर्हि बनाउन सिकेका थिए ।

सो कार्यक्रम मा बोल्नु हुन्दै टोरोन्टो बिस्वबिद्द्यालयमा नेवाः बौद्द पररम्परा अध्ययनरत बिद्द्यार्थि आएन टर्नरले नेवाः संस्कॄति आफुलाइ धेरै मन परेको ले सो सम्बन्धि अध्ययनमा लागेको बताउनु भयो ।यसै गरि क्यानेडियन नेपलिज च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी निर्देशक आशा रजकले आफू सामाजिक सशक्तिकरण , संचार, नेतॄत्व बिकास लगायतका क्षेत्रमा संलग्न रहेतापनि नेवाः संस्कॄति प्रबर्द्दनमा पनि सक्दो सह्योग गर्ने छु भन्नु भयो ।
कार्यक्रममा युबा समुहको प्रतिनिधित्व गर्नु हुन्दै आयुशा गुरुङ पालिखेले नेवाः सस्कृतिको महत्वबारे बोल्नु हुन्दै प्रबासमा सो को प्रबर्द्दन तथा संरक्षण गर्न युबा बर्गको ठूलो दायित्व रहेको बताउनु भयो। बच्चा बेलामा आफुले नेवा जात्रा तथा भोजमा शरिक हुन पाउन्दा धेरै खुसि लाग्ने बताउनु हुन्दै अहिले आफुले यस्को सास्कृतिक तथा बैज्ञानिक महत्व बुझ्दा आफु अझ बढि गौरबन्वित भएको बताउनु भयो ।
औपचारिक कार्यक्रम पस्चात पाहुनाहरुलाई नेवाः परम्परा अनुसारको यो मर्हि, चिउरा, भटमास साँधेको, अदुवा, लसुन, बोडी, मासु सहितको खाजा ले सत्कार गरेको थियो ।
कार्यक्रमको दोश्रो चरणमा गुथिका युबा सदश्य तथा स्थानिय कलाकारहरुले सास्कॄतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।सास्कॄतिक कार्यक्रमको शुरुवात नरेश ताम्राकार सहितको टोलिले धिमे बाजा बाट गरिएको थियो भने युबाहरु शुभाशिश राजभन्डारी, जोभना श्रेस्थले गीत तथा भ्वयलिन बादन प्रस्तुत गरेका थिए। त्यस्तै गरि डा. उद्दब श्रेस्थ, चन्दन ताम्राकार, उत्तम माकजु लगायतले नेपाल भाषा तथा नेपाली गीत प्रस्तुत गरेका थिए। कार्यक्रम्को को अर्को आकर्षण युबा हरुलाई नेवाः सस्कॄति सम्बन्धि तथ्य प्रबाह गर्ने उद्देश्यले हाजिरि जवाफ कार्यक्रम संचालन गरिएको थियो जस्मा युबा हरुको सक्रिय सहभागिता रहेको र युबाहरुले मन पराएको एकजना युबा सहभागीले बताए ।
प्रतिक्रिया