विप्लवको गतिविधिलाइ नियाल्दै , सुर्खेतमा व्यारेकबाट बाहिर आए नेपाली सेना

इनेप्लिज २०७४ मंसिर १८ गते ११:५६ मा प्रकाशित

दीपक शर्मा ,बर्दिया, १८ मंसिर । निर्वाचनलाइ मध्यनजर गर्दे प्रदेश नम्वर ६ मा नेपाली सेनाले गस्ती गर्न सुरु गरेको छ ।

मसीर २१ गते हुन गइरहको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी  विप्लवका कार्यकर्ताले खलल पुरयाउन सक्ने अवस्थालाइ मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पार्दै नेपाल प्रहरी र शसस्त्र प्रहरीले चेकजाचमा कडाइ गरेको छ ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाबाट विप्लपका कार्यकर्ताहरुको आखा  मसीर २१ गते निर्वाचन हुने जिल्लामा गाडेको हुदा कुनै अप्रिय घटना हुन नदिनको लागी नेपाली सेनाले गस्ती बढाएको जिल्ला प्रसासन कार्यलय सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्किले बताउनुु भयो ।

विप्लपका कार्यकर्ताहरु सल्यान ,दैलेख सुर्खेत लगायतका जिल्लामा प्रबेश  गरी निर्वाचन गतिविधि गर्र्ने र मदतदातालइ धम्क्याउन सक्ने भन्दै सुरक्षा व्यवस्था सुर्खेतमा कडा पारिएको हो ।

संकास्पद व्यक्तिहरुमाथि कडा निगरानि बढाइएको छ । यता मुख्य निर्वाचन कार्यलयले आइतवार मात्रै निर्वाचन सामाग्री सहित कर्मचारी र  सुरक्षाकर्मिको टोली मतदान केन्द्रहरुमा पठाएको छ । सुर्खेतमा २ लाख ४ हजार ५सए ७५ मतदाता निर्वाचनमा सहभागी हुदै छन ।

सुर्खेतमा २ सए ६३ मतदान केन्द्र र १ सए ३८ मतदान स्थलका लागी मतदान अधिकृत कर्मचारी सुरक्षाकर्मि र निर्वाचन सामाग्री सहितको टोली खटाएको हो ।  सुरक्षाको दृष्टिकोणले २० बटा मतदान केन्द्रलाइ अति संबेदनसील मानिएको छ ।

आसपासका जिल्ला बाके , बर्दिया , सल्यान ,दैलेख लगायतका जिल्लामा पनि उच्च सतकर्ता अपनाइएको छ

प्रतिक्रिया