साईबर अपराध र सुरक्षाको तालिम सहित तनहुँ गाउँ फर्कोदय माबिका बिद्यार्थीहरु लोक गायक प्रेमराजा महतको लोक गीत घन्काएर कक्षा कोठामै नाचे “बाँझो खेतमा छडके सलाम छ मायाँलाई पहिलो भेटमा”

इनेप्लिज २०७४ मंसिर १५ गते १२:२० मा प्रकाशित

वशिङ्गटन डिसी, नोभेम्बर ३०, २०१७ – वशिङ्गटन डिसी, नोभेम्बर ११, २०१७ – अमेरिकाको बाल्टिमोर निबासी महाबाणिज्यदुत, लोक गायक प्रेमराजा महतको प्रयास र प्रायोजकमा आँफैले अध्ययन गरेको स्कुल गाउँ फर्कोदय माबिमा साईबर अपराध र सुरक्षा सम्बन्धी १ दिने प्रशिक्षण सम्पन्न भएको छ ।

बिगत २० बर्ष देखि अमेरिकाको म्यारिल्याण्ड राज्यमा लोक गायक प्रेमराजा महत परिवारको साथ आफ्नो पेशा ब्याबसायी गर्दै आउनु भएको छ । साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा “आऔं, आँफु र आफ्नो गाउँलाई शिक्षित र सुरक्षित बनाऔं” भन्ने नाराका साथ अमेरिका र नेपालको बिभिन्न जिल्लाहरुमा स्थित स्कुलहरुमा पनि बिगत केहि बर्ष देखि साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षणहरु संञ्चालन हुँदै आईरहेको छ । कार्यक्रमबाट प्रभाबित भई गायक महतले आफ्नै प्रायास र प्रायोजकमा साईबर सेक्युरिटी ईन्टरन्यासलद्वारा ८ देखि १२ सम्मका बिद्यार्थीहरुलाई कार्यक्रम संञ्चालन गरिएको थियो ।

prem raja mahat.jpg

पहिलो, दोश्रो गरि २ चरणमा तालिमको ब्यबस्था गरिएको थियो। प्रायोजक महतले आफ्नो स्कुलको शिक्षा यसै बिद्यालयबाट प्राप्त गर्नु भएको थियो । बिद्यार्थीहरु र शिक्षकहरु गरि करिब २५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा लोक गायक प्रेमराजा महतले अमेरिकाको म्यारिल्याण्ड राज्यबाट बिद्यार्थीहरुलाई पठाउनु भएको शुभकामना संन्देशबाट सुरु गरिएको थियो । सन्देशमा खनालले अहिले इन्टरनेट, फोन, सामाजिक संञ्जालबाट नयाँ पिंडीहरु जानी नजानी प्रयोग गरेको कारण नकरात्मक प्रभाब पर्नुका साथै त्यसको सिकार भएको र तालिम पछि सहभागि बिद्यार्थीहरु प्रभाबित हुने कुरा बताउनु भएको थियो ।

24167387_385067251938447_1633082396_o.jpg

साईबर सेक्युरिटी ईन्टन्यासनलको तर्फबाट साईबर सेक्युरिटी प्रशिक्षक पुजा गुरुङ्गले साईबर अपराध कसरी घटछ र रोकथामका बिषयहरुमा प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो भने मुना भट्टद्वारा सहभागिहरुको नाम, फोटो, भिडियो पनि संकलन गरिएको थियो । कार्यक्रमको अन्त्यमा बरिष्ठ लोक गायको चर्चित लोक गीतहरु मध्येका “बाँझो खेतमा छडके सलाम छ मायाँलाई पहिलो भेटमा” भन्ने गीत बजाएर सहभागी बिद्यार्थीहरु नाचेका थिए। कार्यक्रमको भिडियो यसै समाचारको साथमा प्रकासित गरिएको छ ।

24167244_385067488605090_956933917_o.jpg

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।

यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि हुनुहुन्छ । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुन हुनु हुन्छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन ।

सहभागीहरुको नाम हेर्न यहाँ क्लिक गर्नुहोस

24140159_385067171938455_309349049_o.jpg
24140161_385067501938422_1098431236_o.jpg
24167113_385067241938448_961638084_o.jpg
24167189_385067195271786_1225274479_o.jpg
24167228_385067481938424_2022882568_o.jpg
24167244_385067488605090_956933917_o.jpg
24167269_385067285271777_1101500532_o.jpg
24167315_385067198605119_1952225352_o.jpg
24167316_385067175271788_1910774927_o.jpg
24167359_385067291938443_1502915372_o.jpg
24167375_385067221938450_1420156176_o.jpg
24167382_385067231938449_871582640_o.jpg
24167387_385067251938447_1633082396_o.jpg
24169391_385067271938445_1841427875_o.jpg
24169533_385067261938446_185774800_o.jpg
24169537_385067268605112_787682567_o.jpg
24169593_385067248605114_963297632_o.jpg
24169658_385067278605111_2043247859_o.jpg
24169660_385067185271787_88712959_o.jpg
24169757_385067495271756_1735790516_o.jpg
24197148_385067181938454_356423357_o.jpg
24197306_385067165271789_2126000911_o.jpg
24197418_385067288605110_971633657_o.jpg
24201205_385067478605091_2856865_o.jpg
24201243_385067191938453_1780560764_o.jpg
24201391_385067168605122_1406610404_o.jpg
24209960_385067498605089_702965725_o.jpg

प्रतिक्रिया