अमेरिकाको व्हिसकन्सिन राज्यमा बसोबास गर्नुहुने ब्यबसायी हरिराज खनालको प्रयास र प्रायोजकमा आँफैले अध्ययन गरेको हंस बाहिनी माध्यामिक बिद्यालय तनहु कोत्रेकमा साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सम्पन्न

इनेप्लिज २०७४ मंसिर १३ गते २२:११ मा प्रकाशित

डा. रामहरि सुबेदी, वशिङ्गटन डिसी, नोभेम्बर ११, २०१७ – अमेरिकाको व्हिसकन्सिन राज्यमा बसोबास गर्नुहुने ब्यबसायी हरिराज खनालको प्रयास र प्रायोजकमा आँफैले अध्ययन गरेको हंस बाहिनी माध्यामिक बिद्यालय तनहु कोत्रेकमा साईबर अपराध र सुरक्षा सम्बन्धी १ लिने तालिम सम्पन्न भएको छ ।

बिगत १० बर्ष देखि अमेरिकाको व्हिसकन्सिन राज्यमा हरिराज खनाल परिवारको साथ आफ्नो पेशा ब्याबसायी गर्दै आउनु भएको छ। साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा “आऔं, आँफु र आफ्नो गाउँलाई शिक्षित र सुरक्षित बनाऔं” भन्ने नाराका साथ अमेरिका र नेपालको बिभिन्न जिल्लाहरुमा स्थित स्कुलहरुमा पनि बिगत केहि बर्ष देखि साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षणहरु संञ्चालन हुँदै आईरहेको छ ।  कार्यक्रमबाट प्रभाबित भई हरिराज खनालले आफ्नै प्रायास र प्रायोजकमा  साईबर सेक्युरिटी ईन्टरन्यासलद्वारा ८ देखि १० सम्मका बिद्यार्थीहरुलाई कार्यक्रम संञ्चालन गरिएको थियो ।

24139150_384774588634380_256814763_o.jpg

पहिलो, दोश्रो र तेश्रो गरि ३ चरणमा तालिमको ब्यबस्था गरिएको थियो। प्रायोजक हरिराज खनालले आफ्नो स्कुलको शिक्षा यसै बिद्यालयबाट प्राप्त गर्नु भएको थियो । बिद्यार्थीहरु र शिक्षकहरु गरि करिब ३०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा हरिराज खनालले अमेरिकाको व्हिसकन्सिन राज्यबाट बिद्यार्थीहरुलाई पठाउनु भएको शुभकामना संन्देशबाट सुरु गरिएको थियो । सन्देशमा खनालले अहिले इन्टरनेट, फोन, सामाजिक संञ्जालबाट नयाँ पिंडीहरु जानी नजानी प्रयोग गरेको कारण नकरात्मक प्रभाब पर्नुका साथै त्यसको सिकार भएको र तालिम पछि सहभागि बिद्यार्थीहरु प्रभाबित हुने कुरा बताउनु भएको थियो ।

24116723_384768671968305_959149470_o.jpg

साईबर सेक्युरिटी ईन्टन्यासनलको तर्फबाट साईबर सेक्युरिटी प्रशिक्षक पुजा गुरुङ्गले साईबर अपराध कसरी घटछ र रोकथामका बिषयहरुमा प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो भने मुना भट्टद्वारा सहभागिहरुको नाम, फोटो, भिडियो पनि संकलन गरिएको थियो ।

24139238_384768685301637_820798394_o.jpg

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।

24169604_384768351968337_417952094_o.jpg

यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि हुनुहुन्छ । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुन हुनु हुन्छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन ।

सहभागीहरुको नाम हेर्न यहाँ क्लिक गर्नुहोस

24116705_384760978635741_1276172588_o.jpg
24116723_384768671968305_959149470_o.jpg
24138902_384768325301673_429312841_o.jpg
24138966_384768658634973_1131124487_o.jpg
24139028_384774591967713_1391613840_o.jpg
24139082_384774598634379_928433814_o.jpg
24139150_384774588634380_256814763_o.jpg
24139207_384760898635749_372024790_o.jpg
24139238_384768685301637_820798394_o.jpg
24139775_384768408634998_1919967894_o.jpg
24139802_384768565301649_21401489_o.jpg
24139807_384760858635753_64035602_o.jpg
24139849_384768301968342_124440452_o.jpg
24139854_384768541968318_364497143_o.jpg
24139942_384768558634983_1211215607_o.jpg
24139977_384760875302418_222103857_o.jpg
24140054_384760965302409_2048071378_o.jpg
24140068_384760945302411_1700884760_o.jpg
24140195_384768578634981_1508399696_o.jpg
24140202_384768308635008_732591859_o.jpg
24140263_384768315301674_372965234_o.jpg
24167117_384760871969085_1422305618_o.jpg
24167165_384768635301642_964744136_o.jpg
24167188_384768668634972_1038449464_o.jpg
24167476_384768341968338_547117586_o.jpg
24167512_384760981969074_102808460_o.jpg
24169350_384768368635002_771995381_o.jpg
24169465_384760895302416_554227367_o.jpg
24169538_384774605301045_764751911_o.jpg
24169598_384761021969070_1748388122_o.jpg
24169604_384768351968337_417952094_o.jpg
24169622_384768675301638_1910688086_o.jpg
24197206_384761005302405_627075147_o.jpg
24197276_384760948635744_317361066_o.jpg
24201156_384760865302419_60052540_o (1).jpg
24201156_384760865302419_60052540_o.jpg

प्रतिक्रिया