नेपालको बिद्यालय पुनर्निर्माणमा सहयोग गर्ने सन्स्थाहरु सम्मानित

इनेप्लिज २०७४ मंसिर ११ गते १२:२५ मा प्रकाशित
लण्डन, ओन्टारियो (क्यानडा), सन २०१५ मा नेपालमा गएको बिनाशकारि भूकम्पले भत्किएको गोरखा जिल्ला स्थित महेन्द्र लीला उच्च  माध्यमिक बिद्यालयको भबन पुनर्निर्माण कार्य पूरा भएको छ। सोहि सन्दर्भमा लण्डन, ओन्टारियो (क्यानडा) स्थित क्रस कल्चरल लर्निङ सेन्टरले  दाता सन्स्थाहरुको  सम्मान गर्नको लागि एउटा कार्यक्रमको  आयोजना गरिएको थियो।
 कार्यक्रममा बिद्यालय पुनर्निर्माण योजनाका संयोजक एवम लण्डन स्थित नेपाली समुदायका अगुवा सामाजिक कार्यकर्ता ज्योति बैद्यले योजनाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने आयोजक संस्था क्रस कल्चरल लर्निङ सेन्टरका कर्यकारि निर्देशक भलेरिअन मोराच्कोले भबन उदघाटनमा आफ्नो सहभागिता र नेपाल बारे आफ्नो अनुभब सुनाउनु भयो।
कार्यक्रममा बोल्नु हुन्दै  लण्डन नगरपालिका का काउन्सिलर पाउल हर्बेटले भबन निर्माण  सहयोग एउटा मानबिय सम्बेदनशिलता हो भने सो भबनले धेरै भबिश्य बोकेको हुन्छ भन्नु भयो। अर्का काउन्सिलर हरोल्ड उशरले प्रबासमा आएर पनि आफ्नो समुदायलाई सह्योग गर्नु ठूलो कुरा हो भन्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुन्दै लण्डन नगरपालिकाका मेयोर मायट ब्राउनले बिद्यालय भबन ईटा, सिमेन्ट र बालुवाको  मिश्रण मात्र नभई सुरक्षित भबिष्य निर्माण गरिने स्थल हो  भन्नु भयो।  “यस योजनाको सफलताले  हामि सबै संगै छौँ भन्ने सन्देश प्रबाह गरेको छ”, उहाँले थप्नु भयो । प्रान्तिय  सांसद माननिय  पेगि साट्लरले यस मानबिय कार्यको लागि सबैलाई धन्यबाद दिनु भयो ।
कार्यक्रममा दाता सन्स्थाहरुलाइ प्रशंशा पत्र बितरण गर्नु हुन्दै प्रमुख अतिथि महामहिम नेपाली राजदूत काली प्रसाद पोख्रेलले भुकम्पको बेला क्यानेडेली सरकारले गरेको सह्योगको प्रशंशा गर्नु भयो भने नेपाललाई क्यानेडेली सरकारले  सहयोगको सुचिमा राखि दिन  आफुले प्रयास गर्दै आएको र नेपालको पुनर्निर्माण कार्यमा थप सहयोगको आबश्यकता रहेको बताउनु  भयो ।
सो भबन पुनर्निर्माणको लागि क्रस कल्चरल लर्निङ सेन्टर, एन. आर. एन. क्यानडा, कालगरि नेपलिज कम्म्युनिटि एसोसिएसन, नेपाली हेरिटेज च्यारिटि फाउन्डेसन अफ ब्रिटिश कोलम्बिया, क्यानेडियन नेवा गुथि लगायतका संस्था हरुले सह्योग गरेका थिए भने  कार्यक्रमको संचालन सुरेश श्रेस्थले गर्नु भएको थियो ।कार्यक्रमको शुरुमा क्यानेडियन नेवा गुथि को तर्फ बाट उत्तम माकजू, बिमल श्रेस्थ, नरेश ताम्राकार तथा रिकेश श्रेस्थले धिमे, मादल, भुस्या, छुस्या, टिन्छु, डम्फुको तालमा सांगीतिक बाद्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया