साईबर सुरक्षा नेपाल अभियानको लागि १,३०० डलर रकम संकलन – कम्प्युटर ईन्जिनियर राधेश र सीला पण्डितको प्रयासमा अमेरिकाको आयोवा राज्यमा साईबर अपराध र नियन्त्रण सम्बन्धी प्रशिक्षण

इनेप्लिज २०७४ मंसिर १० गते १६:३२ मा प्रकाशित

आयोवा, अमेरिका, नोभेम्बर २६, २०१७ – सफल ब्याबसायी कम्प्युटर ईन्जिनियर राधेश पण्डित र सीला पण्डितको प्रयास र आयोजनामा अमेरिकाको आयोवा राज्यमा बसोबास बर्ने नेपाली समुदाय बिच साईबर अपराध र नियन्त्रण सम्बन्धी १ दिने प्रशिक्षण सम्पन्न भएको छ ।

23844575_10155780125081000_422441830488981550_n.jpg

२५ बर्ष अगाडी अमेरिका आउनु भएका राधेश पण्डितले कम्प्युटर बिषयमै आफ्नो अध्ययन पुरा गरि करिब ५ बर्ष सम्म आईबिएम संस्थामा कार्यरत हुनु हुन्थ्यो । जागिरको अलावा पनि थप केहि गर्न सकिन्छ भन्ने उदेश्यका साथ अगाडी बढनु भएका पण्डितले आफुलाई सफल ब्याबसायीको रुपमा स्थापित गरिसक्नु भएको छ । स्कुल अबस्था देखिनै समाजिक कार्यमा संलग्न पण्डितले अमेरिकामा रहेर पनि सामाजिक सेवालाई निरन्तरता दिई राख्नु भएको छ ।

23905227_10155780125651000_2317887596826686612_n.jpg

साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा नेपाल, अमेरिका, क्यानडामा संञ्चालन गरिरहेको कार्यक्रमबाट प्रभाबित भएर अमेरिकाको क्वाड सिटी आयोवा राज्यमा बसोबास गर्ने नेपाली समुदाय बिच पनि यो कार्यक्रम उपयोगी हुने उदेश्यका साथ राधेश पण्डित र सीला पण्डितको आयोजनामा आफ्नै निवासमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली समुदायका बिभिन्न ब्यक्तित्व, परिवारका सदस्यहरुको पनि उपस्थिती रहेको थियो जसमा आफ्ना छोरा छोरीहरुलाई पनि सहभागि गराईएको थियो । करिब ३ घण्टा सम्म चलेको साईबर अपराध र सुरक्षाको प्रशिक्षणमा करिब ४० जना सहभागिहरु रहेका थिए ।

23844941_10155780125521000_3914890523689202552_n.jpg

अहिलेको बढदो साईबर अपराधबाट आँफु, परिबार, समुदाय र राष्ट्रलाई सुरक्षित कसरि राख्ने र नयाँ नयाँ टेक्नोलोजीहरुलाई सुरक्षित तरिकाले कसरि प्रयोग गर्ने भन्ने बिषयमा साईबर सेक्युरिटी ईन्टरन्यासनलका संस्थापक डा. रामहरि सुबेदीद्वारा सहभागीहरुलाई प्रयोगात्मक प्रशिक्षण दिईएको थियो । अन्तमा सभागिहरुले कार्यक्रमको बारेमा भिडियो मार्फत आफ्नो बिचारहरु ब्यक्त गर्नु भएको थियो, जसलाई यसै समाचारको साथमा प्रकासित गरिएको छ ।

प्रस्तुत गरिएको कार्यक्रमलाई नेपालमा आफुले अध्ययन गरेको स्कुल कलेजमा लैजानको लागि निम्न सहभागिहरुद्वारा आर्थिक सहयोग प्रदान गर्नु भएको थियो ।

सहयोगदाताहरु
———————-
१. राधेश पण्डित – ५०० डलर – बिरेन्द्र क्याम्पस भरतपुर, चितवन
२. सीला पण्डित – १०० डलर – नर्सिङ क्याम्पस माहारजगञ्ज, काठमाण्डौ
३. सरिता पण्डित अधिकारी – २०० डलर – श्री शक्ति हाईस्कुल, लमजुङ्ग, कुन्छा र श्री संस्कृत सदन अर्चल्यानी दुराडाँडा
४. तारा ढकाल मरहठ्ठा / सुधिर मरहठ्ठा – २०० डलर -प्रेमबस्ती माबि र बालकुमारी कन्या स्कुल, नारायणगढ, चितवन
५. पबित्रा कंडेल बस्नेत – २०० डलर – जनता माबि बिद्यालय, गुल्मी
६. लाक्पा शेर्पा – १०० डलर – सोलुखुम्बु

24058681_10155780125431000_4623078964611487333_n.jpg

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।

यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि हुनुहुन्छ । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुन हुनु हुन्छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन ।

प्रतिक्रिया