मंगलबार, असोज १२ २०७८
काठमाडौं ०६:५९
वासिङटन डिसी 21:14

मुलुकभर ६५ प्रतिशत मतदान

इनेप्लिज २०७४ मंसिर १० गते १२:४६ मा प्रकाशित

काठमाडौँ, १० मंसिर  ः पहिलो चरणमा आज भएको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गर्नुभएको आयोगले जनाएको छ ।

मुलुकभरबाट मतदानको विस्तृत विवरण आउने क्रम जारी रहेको छ । उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया