अमेरिकाले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह ,अमेरिकन नागरिकलाई सतर्क रहन सुझाव

इनेप्लिज २०७४ मंसिर ७ गते २२:२१ मा प्रकाशित

नेपालमा आगामी मङ्‌सिर १० तथा मङ्‌सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचन को लागि अमेरिकाले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह गरेको छ l काठमाडौँ स्थित अमेरिकन दुताबास को आधिकारिक संजाल (वेबसाइट )मार्फत एक छापा बिज्ञप्ति प्रकाशित गर्दै आग्रह गरेको छ l

यसको साथै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई हामी शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया कायम गर्न र अपनाउन आग्रह गर्दछौँ । हिंसा वा हानीको डरत्रासबिना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिकको हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको एक मुख्य सिद्धान्त हो भनि उक्त छापा बिज्ञप्तिमा जनाएको छ l

दूतावासका अधिकारीले अमेरिकी नागरिकलाई सतर्क रहन ध्यानाकर्षण गराएको छ l अमेरिकन दुताबासले मतदान केन्द्र ,राजनीतिक दलका जुलुसहरू र निर्वाचनका दिन देखि र पछि सम्म सतर्क रहन सबैमा आग्रह गरेको छ । विरोध या नेपाल बन्दको आव्हान समेत गरेको उक्त छापा बिज्ञप्तिमा जनाएको छ l

छापा विज्ञप्तिको पूर्ण पाठ जस्ताको तस्तै : नेपाली तथा अंग्रेजी दुबैमा

काठमाडौँ – स्थानीय तहका तीन ओटै चरणका निर्वाचन व्यापक रूपमा शान्तिपूर्ण तवरले सम्पन्न भएपछिको अवस्थामा राजनीतिक उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति संयुक्त राज्य अमेरिका चिन्तित छ र हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्दछ ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई हामी शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया कायम गर्न र अपनाउन आग्रह गर्दछौँ । हिंसा वा हानीको डरत्रासबिना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिकको हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको एक मुख्य सिद्धान्त हो ।

नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिम शान्तिपूर्ण अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र मतदाताको अधिकारलाई सम्मान गर्न हामी सबै पक्षलाई आग्रह गर्दछौँ । निर्वाचन राजनीतिक बहसको समय भए तापनि लोकतन्त्रमा मतपेटिकाको माध्यमबाट विमति व्यक्त गरिन्छ । हामी सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न आग्रह गर्न चाहन्छौँ ।

शान्तिपूर्ण, समावेशी, व्यापक समर्थनप्राप्‍त तथा विश्‍वसनीय निर्वाचन प्रक्रियाका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्नप्रति संयुक्त राज्य अमेरिका प्रतिबद्ध छ ।

U.S. Statement Urges Peaceful Elections in Nepal

November 20, 2017

KATHMANDU – Following the largely peaceful conduct of Nepal’s three phases of local elections, the United States is alarmed at recent attacks on political candidates and condemns any attempt to impede the electoral process through the use of violence. We call on all sides to maintain and uphold a peaceful and democratic election process for both rounds of upcoming parliamentary and provincial elections. A key principle of democratic electoral systems is protecting the rights of citizens to participate in the electoral process without fear of violence or harm.

We urge everyone to respect the freedoms of peaceful expression and assembly and individual voters’ rights as laid out in Nepal’s laws and constitution. Elections are a time for political debate, but in a democracy, the mechanism for expressing disagreements is through the ballot box. We also call on the security forces to exercise restraint and comply with national and international standards when carrying out their duties.

The United States remains committed to working with all stakeholders for a peaceful, inclusive, and credible election process.

 

प्रतिक्रिया