नापा द्वारा दुई लाख बीस हजार रुपैया रकम को उत्कृष्ट छात्रवृति

इनेप्लिज २०७४ मंसिर ७ गते १३:०२ मा प्रकाशित

विजय थापा ,गत बर्ष सन् २०१६ मा स्थापित एसोसिएसन अफ नेप्लिज एग्रिकल्चरल प्रोफेसनल्स अफ अमेरिका (नापा)ले छात्रवृति प्रायोजन को लागि आव्हान गरेको छ l शैक्षिक उत्कृष्ट को लागि नापा छात्रवृति( नापा स्कलरशिप फर एकाडेमिक एक्सिलेन्स ) नामक कार्यक्रम को लागि नापाले उक्त छात्रवृति व्यवस्था गरेको हो l

छात्रवृति प्रायोजन को लागि अभिरुचि राख्ने जो कोहि वैयक्तिक तथा परिवारलाई समेत लाई समेत छात्रवृति प्रायोजनको लागि नापाले आग्रह गरेको छ l नेपालमा गरिव तथा जेहन्दार बिद्यार्थीको शैक्षिक उत्कृष्टको लागि नापा छात्रवृति स्थापना गरिएको जानकारी नापा का अध्यक्ष डा लिला लिला बहादुर कार्की ले बताएका छन् l

यो छात्रवृत्ति कृषि सँग आबद्ध  शैक्षिक संस्थाहरुबाट परिश्रमी, गरिव तथा जेहन्दार बिद्यार्थीहरुलाई प्रोत्साहन  गर्ने लक्ष्य सहित स्थापित गरिएको हो भने जुन नेपालमा कृषि संग आबद्ध बिषयहरुमा अध्ययन गरि रहेकाबिद्यार्थीहरुलाई लाई प्रदान गरिने छ l यी छात्रवृतिहरु कृषि तथा वन बिश्व बिद्यालय लगायत कृषि संग सम्बन्धितप्राविधिक कलेज ,बिश्व बिद्यालय, प्राबिधिक संस्थान तथा बिद्यालयहरुलाई प्रदान गरिने छ l

एसोसिएसन अफ नेप्लिज एग्रिकल्चरल प्रोफेसनल्स अफ अमेरिका (नापा) अभिरुचि राख्ने व्यक्तिगत/पारिवार तथा संस्था लाई कम्तिमा एक वा दुई वटा छात्रवृति प्रयोजन गर्न समेत आग्रह गरेको छ l नापा स्कलरशिप फर एकाडेमिक एक्सिलेन्स को लागि हाल सम्म अमेरिकम रहेका विभिन्न उदार व्यक्तित्वहरु बाट बर्षेनी दुईलाख बीस हजार रुपैयाको छात्रवृत्ति प्रायोजन भै सकेको छ l सम्पूर्ण छात्रवृत्ति दाताहरुलाई नापाका अध्यक्ष डा कार्कीले धन्यबाद व्यक्त गरेका छन् l

बिस्तृत जानकारीको लागि संस्थाको आधिकारिक संजाल मार्फत हेर्न सकिने छ l

प्रतिक्रिया