बुद्द, निशान र प्रतापदास कन्सर्टको लागि अष्ट्रेलिया जाँदै, एयरपोर्टमा देखिएन पहिलेजस्तो क्रेज[हेर्नुस भिडियो सहित]

इनेप्लिज २०७४ मंसिर ५ गते १३:३७ मा प्रकाशित

प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको अडिसनमा हजारौं युवा सहभागी थिए । विभिन्न चरण पार गर्दै उत्कृष्ट १२ मा परेका प्रतियोगीलाई करोडौंले भोट गरे अनि सम्भवतः संसारभरका अर्बौं दर्शकले सो हेरेका थिए । एउटै सोबाट अनेक रसका मनोरञ्जन दिनु नेपाल आइडलको विशेषता बन्न सफल भयो।

नेपाल आइडलका विजेता बुद्ध लामा फस्ट रनरअप निशान भट्टराइ र सेकेण्ड रनरअप प्रताप दास अष्ट्रेलियाका विभिनन सहरहरुमा कन्सर्टको लागि अस्ट्रेलिया जाँदै छन्। नेपाली गीत संगितको आकाशमा प्रतिभाहरुको पहिचान गर्ने चर्चित रियालीटी शोको टप थ्री प्रतियोगिहरुको कार्यक्रमलाई भब्य र सब्य रुपमा सम्पन्न गर्न नेपाली टचका दिपेश पुनको संयोजकत्वमा मुल तयारी समिति गठन गरिएको छ। बिगतका दिनहरुमा जति क्रेज थियो त्यो क्रेज भने घटेको छ ।

नेपाल आइडलको अस्ट्रेलिया टुर नोभेम्बर २० देखि डिसेम्बर २५ तारिख सम्म हुनेछ । यो कार्यक्रम सिड्नीका साथै ब्रिसबेन, मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा हुदैछ ।

हेर्नुस भिडियो :

प्रतिक्रिया