सर्वोच्चमा बम राखिएको हल्लाले तनाव

इनेप्लिज २०७४ मंसिर ५ गते ११:३६ मा प्रकाशित

मंगलबार सर्वोच्च अदालत परिसरमा बम राखिएको हल्ला निराधार भएको पुष्टि भएको छ । नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीले कुकुरसमेत प्रयोग गरी खनतलासी गरेपछि बम राखिएको भन्ने हल्ला निराधार भएको पुष्टि भएको हो । बम राखिएको भन्ने फोन ३ पटक आएपछि सुरक्षा निकायले अनुसन्धान गर्दा त्यस्तो केही पनि नपाइएको सर्वोच्चका सहरजिष्ट्रार नारायण पन्थीले जानकारी दिनु भयो ।

विहान सवा १२ बजे सर्वोच्च परिसरमा तीन ठाउँ बम राखिएको खवर नेत्र विक्रम चन्द नेतृत्वको पार्टीको हवाला दिँदै फोन आएपछि अदालतले आजका सबै इजलास समेत खालि गराएको थियो । फोन ३ पटक आएको र ३ वटै फोनमा बम राखिएको भनेपछि आफूहरु आतंकित हुनु परेको सहरजिष्ट्रार पन्थीेले जानकारी दिनु भयो ।

बम राखेको फोन आएपछि सुरक्षा फौजले सर्वोच्च परिसरमा खनतलासी गरेपछि बम नरहेको पुष्टि भएको हो l

प्रतिक्रिया