न्युयोर्कका राजन थपलियाको २०१८ मा आउने उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

इनेप्लिज २०७४ मंसिर ५ गते २:०९ मा प्रकाशित

विजय थापा न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक राजन थपलियाको सत प्रतिसत जीवन ( 100 ०/० Life )को अधिकतम सफलता पछि अर्को अग्रेजी उपन्यास “फिफ्टी फाइव ईयर्स ” को सारांश सार्बजनिक भएको छ l

उनको अघिल्लो पुस्तक 100 ०/० Life बिदेशी पत्र पत्रिकामा व्यापक चर्चामा छाएको थियो l उनि लेखक भन्दा पाठक भन्न आफुलाई रुचाउने थपलिया को पछिल्लो पुस्तक सत प्रतिसत जीवन ( 100 ०/० Life ) प्रकाशित भए पछि उनि अमेरिका ,क्यानडा र बेलायत ,भारत अन्य देशमा समेत चर्चामा रहेका थिए

फिफ्टी फाइव ईयर्स (55 years )एक उपन्यासको सारांश हो भने यो पुस्तक कैदीमा आधारित छ l पुस्तक ४३ वर्ष जेल जीवन बिताएर रिहा भएका बन्दीको सेरोफेरोमा लेखिएको हो । लेखक थपलियाका अनुसार यस पुस्तकमा लामो समय जेल जीवन बिताई गह्रौं मन लिएर रिहा भएका डेनियल ज्याक्सनलाई प्रस्तुत गरिएको छ । यो किताब डेनियल ज्याक्सनको जीवन कथाको उत्कृष्ट चित्रण छ l

१८ बर्षको उमेरमा प्रहरीको हत्या गरेर कारागारमा परेका बु्रकलिनका डानियल ज्याक्सनको बाल्यकालको सपना र उनले भोग्नुपरेको यथार्थबीचको मनोविज्ञानलाई कथामा देखाइएको छ । काल्पनिक पात्र डानियलको आत्मकथालाई कथामा प्रस्तुत गरिएको छ भने कथाको अन्त्यमा आत्मकथा लेखेर मरिसकेका डानियल र उनकी प्रेमिकाबीचको दर्दनाक क्षण समेत चित्रण गरिएको छ ।

यस किताबले जीवनको लागि आशालाई स्पष्ट गर्दछ; यो पुस्तक उनका लागि प्रेरणाको उत्तम स्रोत हुनेछ जसले सोच्दछ “म जीवनमा कुनै पनि काम गर्न सक्दिन निराशा र असफलता भएका मानिसहरूलाई पनि यो पुस्तक द्वारा आनन्दको अनुभूति गर्न या हुन सक्दछन भनि लेखक भन्दछन l

५५ बर्ष ले यो प्रमाणित गर्दछ कि यदि तपाई जीवनमा केहि गर्न चाहनु हुन्छ भने कुनै पनि उमेरमा तपाई जे पनि गर्न सक्नु हुन्छ l जीवनमा महत्वपूर्ण कुरा भनेको तपाई संग ठुला सपना हुनु पर्छ l यदि तपाई संग ईक्षा शक्ति र साहस छ भने तपाई लाई ईश्वरले पनि रोक्न सक्दैन l त्यो पुस्तकको सम्पूर्ण दृष्टिकोण हो l

फिफ्टी फाइव ईयर्स केवल ईपुस्तक मात्र नभई उपन्यास हो l अमेजनमा उपलब्ध यो कथाको मूल्य $ ५ डलर राखिएको छ । ब्रान्स एण्ड नोबल, इबे, एप्पलको आइबुक लगायतमा पनि यो कथा छिट्टै उपलब्ध हुने कथाकार थपलियाले जानकारी दिएका छन् ।

उनको यो फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश पुस्तक बिधुतिय प्रक्रिया बाट किनेर समेत पढ्न पाइने छ l थपलिया का झन्डै २ सय ५० जति बिदेशी संचार माध्यममा लेखहरु प्रकाशित भै सकेका छन् l युवा लेखक थपलिया २८ बर्ष नपुग्दै ११ वटा अंग्रेजी पुस्तक लेख्न सफल भएका छन् भने उनका अप्रकाशित पुस्तकहरु समेत जोड्दा २२ वटा भएका छन् l उनि खुट्टा चिकित्सा बिज्ञान(फुट मेडिसिन) का बिद्यार्थी हुन् भने आफू लेखन लाई नै आफ्नो पूर्ण पेशा बनाउने ईक्षा समेत जाहेर गरेका छन् l

उनि हफपोस्ट ,दि इलाइट डेली तथा दि न्युयोर्क सिटि पोस्ट मा नियमित लेख लेख्दछन l

प्रतिक्रिया