‘ब्रेन ट्युमर’ बिरामी कास्कीका सरोज आचार्य द्वारा आर्थिक सहयोगको अपिल

इनेप्लिज २०७४ मंसिर ४ गते १०:५३ मा प्रकाशित

कोरियामा इपीएस प्रणाली बाट काम गर्न आएका कास्की भरतपोखरी- ८ का सरोज आचार्यले संसारभर रहेका नेपालीहरु बाट आर्थिक सहयोगको अपेक्षा गरेका छन । उनि बिगत एक बर्ष देखि ब्रेन ट्युमरको बिमारी छन । अघिल्लो बर्ष भारतको मेदांत अस्पतालमा पहिलो चरणको उपचार गरेर फर्केका अचार्यलाई पुन सोहि व्यथाले च्यापे पछि अहिले सबै नेपालीको सहयोग मागेका हुन ।

त्रिभुवन विश्व बिद्यालय किर्तिपुर बाट ब्यबस्थापनमा स्नातकोत्तर गरेका आचार्य पारिबारिक आर्थिक स्थितिका कारण कोरियामा पुगेका थिए । तर दुखको कुरा उनलाई त्यहि बिदेशी भूमिमा त्येस्तो रोग देखियो । पहिलो पटकको उपचार पछि सामान्य बनेपछि पुन कोरिया आएका उनलाई काम गर्न अफ्टेरो भए पछि दुइ साता अघि मात्र नेपाल फर्केका थिए ।

आफु संग भएको पैसा सबै पहिलो उपचारमा सकिएपछि अहिले काठमाडौंको न्युरो अस्पतालमा भेन्टिलेटरमा राखिरहेको भए पनि खर्च कति लाग्ने हो अझै थाहा नभएको हुदा सम्पूर्ण मनकारी नेपालीहरु लाई सहयोगको अपेक्षा गरेको उनकी श्रीमती सन्तोषी आचार्य पौडेलले नेपाल जापान लाई बताइदिन । दुइ बर्ष अघि मात्र बैबाहिक जिबनमा बाधिएका उनीहरु अहिले आफ्नो जिबन बचाइदीन आर्थिक सहयोगको अपेक्षा गरिरहेका छन ।

सरोज आचार्य लाई आर्थिक सहयोग गर्ने उदेश्यले अर्थ संकलन भइरहेको छ । तपाइले पनि आर्थिक सहयोग गर्न चाहानु हुन्छ भने कृष्ण अधिकारी (+81 80-4949-6383) भाइबर सम्पर्क गर्नुहोस |

 

सिधै नेपाल आर्थिक सहयोग गर्न चाहानुहुन्छ भने निम्न बैंक ठेगानामा पैसा जम्मा गर्न सक्नुहुनेछ ।

NAME – SANTOSHI POUDEL (WIFE OF SAROJ ACHARAYA )

NABIL BANK LTD – A/C 1210017512214

प्रतिक्रिया