शनिबार, असोज ९ २०७८
काठमाडौं ११:२९
वासिङटन डिसी 01:44

नर्थ अमेरिका तामाङ सम्मेलनका कन्भेनर शान्त थोकरको प्रमुख आतिथ्यतामा तामाङ सोसाइटी अफ डल्लास, टेक्सस गठन

इनेप्लिज २०७४ मंसिर ३ गते १७:४९ मा प्रकाशित

तामाङ सोसाइटी अफ डल्लास, टेक्सस यही नोभेम्बर १७, २०१७ मा छिरिंग लामाको अध्यक्षतामा गठन भएको छ l नव-गठित समितिमा उपाध्यक्ष – रत्न मान तामाङ; महासचिव- शंकर घिसिङ, सचिव-इन्दु लामा, कोषाध्यक्ष- माया योन्जन, सह-कोषाध्यक्ष- जितबहादुर तामाङ तथा सदस्यहरु; जेनी लामा, अमरमाया लामा, सङ्ग्राम सिंह तामाङ, शंकर तामांग ,सुर्य मोक्तान, सुर्यबहादुर तामाङ, धनकुमारी लामा, सोनाम डोल्मा तामाङ र सुदिप लामा छन् l

सो कार्यक्रम नर्थ अमेरिका तामाङ सम्मेलनका कन्भेनर शान्त थोकर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लुईसाङ वाईबा तामाङ कार्यक्रमका विशेष वक्ता थिए ! सम्मेलनका सदस्य सचिव लक्यान लामाले समेत कार्यक्रमलाई सम्बोधन गरेका थिए l

नर्थ अमेरिका तामाङ सम्मेलन यही जनवरी १३-१४ सम्म आयोजना गरिने र सो सम्मेलनमा तामाङ सोसाइटी अफ डल्लास, टेक्ससको अहम भूमिका रहनु पर्ने सम्मलेनका कन्भेनर तथा सोसाइटीका अध्यक्ष शान्त थोकरले बताए ! नर्थ अमेरिका तामाङ सम्मेलन मार्फत सम्पूर्ण तामाङहरुलाई संगठित गर्दै तामाङहरुको सामाजिक, आर्थिक, राजनीतिक एवं शैक्षिक विकासको लागि विश्व व्यापी अभियान चलाउने कन्भेनर थोकरले बताए l त्यसैगरेर फिप्नाका अध्यक्ष लुईसाङ वाईबा तामाङले डल्लासवासी तामाङहरुलाई आफ्नो पहिचान र अस्तित्वको लागि आफै संगठित हुनुपर्ने र सक्रिय रहनुपर्ने अन्यथा हाम्रो पहिचान विस्तारै डायनोसर जस्तै लोप हुने चिन्ता ब्यक्त गरे lप्रवासमा हामीले प्राप्त गरेको भाग्य अथवा हाम्रो कर्मको १० प्रतिशत स्वदेशमा रहेका तामाङहरुमाझ बाढेर उनीहरुको भाग्य वा कर्मको अभिबवृद्धीको लागि प्रवासबाट महत्वपूर्ण योगदान पुर्याउन सकिने योजनाहरुका साथ नर्थ अमेरिका तामाङ सम्मेलनको आयोजना गर्नु परेको प्रष्ट पारे l सम्मेलनका सदस्य सचिव लक्यान लामाले सम्पूर्ण तामाङहरुले यस सम्मेलनमा सहभागिता जनाएर तामाङहरुको एकता प्रदर्शन गर्नुपर्ने र तामाङहरुको बृहत्तर हितको लागि हामी सबै जागरुक हुनुपर्ने बताए l

नव-निर्वाचित अध्यक्ष छिरिंग लामाले सम्पूर्ण उपस्थित तामाङ लगायत अन्य शुभचिन्तकहरुलाई धन्यवाद दिदै न्युयोर्कबाट कार्यक्रमलाई विशेष सम्बोधन गर्न पुगेका सबै अतिथिहरुलाई आभार प्रकट गरे र डल्लास निवासी सम्पूर्ण तामाङहरुलाई एकतृत गर्न अब आफु लागी पर्ने बताए l सहभागी डल्लासवासी तामाङहरु लगायत शुभ चिन्तकहरुले यस किसिमको कार्यक्रम पहिलो पटक डल्लासमा सम्पन्न भएको र त्यस प्रति खुशी व्यक्त गरेका थिए !

दोश्रो पुस्ताका युवायुवतीहरुको समेत सह्हगिता रहेको सो कार्यक्रममा उनीहरुले आफ्नो जिज्ञासा राख्दै कार्यक्रमले उनीहरुलाई उत्साह दिएको बताए l

प्रतिक्रिया