नीधिले भने, – ‘काँग्रेसको राजनीतिक एजेण्डा संविधान संशोधन’

इनेप्लिज २०७४ मंसिर ३ गते १४:४४ मा प्रकाशित

धनुषा – धनुषा निर्वाचन क्षेत्र नं. ३ प्रतिनीधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र नीधिले नेपाली कांग्रेसले आफनो राजनीतिक एजेण्डामा संविधान संशोधन प्रस्तावमा अग्रसरता लिने निर्णय गरेको बताएका छन ।

उनले नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र कांग्रेसकै अगुवाईमा संविधानको पहिलो संशोधन भएको दावी समेत गरे । आज जनकपुर उपमहानगरपालिका वडा नं. २ को वडा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसले नै मुलुकको प्रत्येक परिवर्तनको अगुवाई गरेकोले नेपाली कांग्रेसको बहुमत आए संविधान संशोधन कांग्रेसकै नेतृत्वमा हुने बताए ।

लामो समयदेखि नेपाली कांग्रेस नागरिक अधिकार बहालीका लागि संघर्षरत्त रहेको बताउंदै मधेश आन्दोलनमा नेपाली कांग्रेसले धनुषामा सक्रियतापूर्वक भाग लिएको स्पष्ट पारेका छन । प्रजातन्त्रको पुर्नस्थापना पश्चात जनकपुर क्षेत्रमा भएका विकासहरु नेपाली कांग्रेसकै सरकारको पालामा भएको दावी गरे ।

नीधिले जनकपुरको सर्वागिण विकासको लागि बृहतर जनकपुर क्षेत्र विकास परिषदको स्थापना नेपाली कांग्रेसले नै गरेको बताउँदै धनुषाधाम जनकपुर सडक खण्ड , हाल शिक्षा कार्यालय रहेको शैक्षिक तालिम केन्द्र , ६ लेनको जनकपुर जटही सडक खण्ड , जापानको स्कुल प्रोजेक्ट , राजर्षि जनक विश्व विद्यालय आफनै प्रयासले ल्याएको बताए ।

जनकपुर उद्योग वाणिज्य संघको प्रांगणमा भएको वडा भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रतिनीधिसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवार नीधिले २०४६ सालभन्दा पूर्व सरकारी ध्वजा बाहेक एकमात्र हवाई कम्पनी रहेकोमा नेपाली काँग्रेसले प्रत्येक क्षेत्रमा उदारीकरणको नीति लिएपछि विभिन्न हवाई कम्पनीहरुले जनताहरुलाई सेवा दिईरहेको बताए ।

त्यसै गरि प्रजातन्त्रको पुर्नस्थापनापछि आर्थिक , संचार , पर्यटन नीतिमा परिवर्तन गरेपछि आज प्रत्येक गाउं गाउंमा बैंक , मोबाईल , संचार सुविधा पुगेको छ । यो भन्दा पूर्व सरकारी कम्पनीहरुको मात्र एकाधिकार रहेको थियो ।

नेता नीधिले जनकपुरलाई प्रदेश नं। २ को राजधानी बनाउन आफनो पहलमा सरकारले गृह कार्य शुरु गरिसकेको जानकारी गराएका छन । नीधिले राजधानीको लागि राजधानीमै हुने उच्च अदालत , प्रहरी अतिरितm महानिरिक्षकको दरबन्दी , जनकपुर चुरोट कारखानालाई जिल्ला प्रशासन कार्यालयको मातहातमा दिनु लगायतको प्रक्रिया अगाडि बढि सकेकोले जनकपुरमै राजधानी बनाई छाडने अठोट गरे ।

प्रतिक्रिया