नेपाली कांग्रेस धादिङ क्षेत्र नं १ प्रदेश सभा(क) का उम्मेदवार नेता मदुकुमार श्रेष्ठका प्रतिबद्धताहरू

इनेप्लिज २०७४ मंसिर २ गते ९:२३ मा प्रकाशित

काठमाडौँ : धादिङ क्षेत्र न १ प्रदेश सभा (क) नेपालि कांग्रसका प्रत्यक्ष उम्मेदवार चर्चित युवा नेता तथा समाजसेवी मदु कुमार श्रेष्ठको उम्मेदवारी संगै यस क्षेत्रका जनताहरु हर्षित भएका छन् l युवा नेता मदु कुमार श्रेष्ठ यस क्षेत्रका बिकाशप्रेमी, समाजसेवी, प्रभावशाली, परिबर्तनशिल, इमान्दार, कर्मठ तथा नेतृत्वदायी क्षमता भएका बौद्दिक व्यक्तित्वको रुपमा राम्रो छबि बनाएका व्यक्ति हुन l यस क्षेत्रका जनता भन्छन अब हामि परिबर्तन चाहान्छौ l यस क्षेत्रको बिकशित परिबर्तन हेर्न हामि आफुपनि परिबर्तन हुन जरुरि छ त्यसकारण पनि अबको रोजाइ भनेको नेपालि कांग्रेसका सक्षम युवा नेता मदुकुमार श्रेष्ठनै हुन l यो देशलाई द्रुत तरिकाले बिकाशको मुलधारमा ल्याउनु पर्ने आजको आबस्यक्ता रहेको छ तसर्थ पनि अबको हाम्रो रोजाइ नेपालि कांग्रेस र युवा नेता मदु कुमार श्रेष्ठनै हो l यस क्षेत्रको बिकाश, जनताहरुको चाहना, खुसि तथा जनताका आधारभुत आबस्यक्ताहरुलाइ मध्यनजर गरि युवानेता मदुकुमार श्रेष्ठले आफ्नो १४ (चौध) बुदे आफ्ना प्रतिबद्धताहरु जनता सामु यसरि प्रस्तुत गरेका छन l हेर्नुहोस

शान्ति, समृद्धि र लोकतन्त्रको आधार

प्रदेश र प्रतिनिधिसभामा कांग्रेसको सरकार

मदुकुमार श्रेष्ठ, धादिङ क्षेत्र नं १ प्रदेश सभा (क) को प्रत्यक्ष तर्फको उमेदवार, नेपाली कांग्रेस l

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४

धादिङ क्षेत्र नं १ प्रदेश सभा(क)

नमस्कार म मदुकुमार श्रेष्ठ । नेपाली कांग्रेसको तर्फवाट धादिङ क्षेत्र नं १ प्रदेश सभा (क) को प्रत्यक्ष तर्फको उमेदवार । म यही जन्मे, यही हुर्के र यही क्षेत्रको विकासका लागि राजनीतिमा होमिएको छु । म प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको खण्डमा यस क्षेत्रका जनतालाई केन्द्रमा राखी तपशील वमोजिमको विकासका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

मेरा प्रतिवद्धताहरु :

१. शिक्षा,स्वास्थ्य,खानेपानी र सिंचाईलाई समयानुकुल जनतालाई सरल प्रकारले उच्च प्राथमिकताको साथ उपलब्ध गराउने व्यवस्था मिलाउने छु ।

२. प्रत्येक गाउपालिका, नगरपालिकामा स्वास्थ्य चौकी, बिद्यालयको निर्माण गरि सबैलाई पायक पर्ने ठाउमा अस्पताल निर्माण गर्नेछु l

३. कृषि प्रणालीलाई आधुनिकीकरण गरि, जडिवुटी,पर्यटन,जलश्रोतको सम्भावनालाई जनतामुखी कार्यमा लगाउन विभिन्न कार्यक्रम ल्याउने छु ।

४. सार्वजनिक यातायातलाई व्यवस्थित र सरल वनाउने प्रवन्ध गर्ने छु तथा सडक मर्मत, संभार, कालो पत्रे गरि नया नया सडकहरु गाउ गाउमा पुर्याउने छु ।

५. भुकम्प पिडीतहरुलाई प्राथमिकताका साथ र छिटो छरितो तरिकावाट पुननिर्माणमा सामेल गराउनेछु ।

६. स्थानीय चाड पर्व रिती रिवाज र संस्कृतिको प्रबर्धन गराउने छु ।

७. वैदेशिक रोजगारवाट फर्किएका युवाहरुलाई आफ्नै क्षेत्रमा रोजगार र सीप सदुपयोगको व्यवस्था मिलाउने छु ।

८. ग्रामिण वस्ती र सहरोन्मुख वस्तीलाई व्यवस्थित गर्ने कार्यक्रम अघि सार्ने छु ।

९. वेराजगार युवालाई लक्षित गरी सीपमुलक तालिम र उद्यमशीलतावारे अभिमुखिकरण कार्यक्रमलाई अघि वढाउने छु र यहि रोजगारीको अवसर सिर्जना गर्नेछु।

१०. महिला वालवाललिका पछाडि पारिएका दलित,अल्पसंख्यक,जनाजातिहरु तथा अपाङ्गता भएका र ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा र सशक्तिकरणका कार्यक्रमहरु संचालन गर्नेछु ।

११. धादिङ क्षेत्र नं १ प्रदेश सभा (क) मा रहेका मठ मन्दिर र सम्पदाको संरक्षणमा ठोस योजना तथा कार्यक्रम ल्याउने छु ।

१२. धादिङ क्षेत्र नं १ प्रदेश सभा (क) मा पर्ने सवै पहिलाको छत्रेदेउराली, जीवनपुर नौबिसे, थाक्रे केवलपुर, गोगनपानी, भुमिस्थान, तर्सफु, वैरेनी, कल्लेरी गाउपालिका र नगरपालिकासंग समन्वय गरी विकासका कामहरु अघि वढाउने छु ।

१३. प्रत्येक महिना १५/१५ दिनमा यहाका जनताहरु संग फरक फरक ठाउमा अन्तरक्रिया कार्यक्रम गरि यस क्षेत्रका समस्याहरुको पहिचान गरि समाधान गर्ने प्रतिबद्धता गर्दछु l

१४. यदि मैले यस क्षेत्र बाट जितेको खण्डमा मैले पाउने सम्पूर्ण सरकारी सेवा सुबिधाको रकम समेत यस क्षेत्रको बिकाश योजना, शिक्षा, स्वास्थ्य तथा नया सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता जाहेर गर्दछु l

जय नेपाल

प्रतिक्रिया