मिस टुरिज्म’ को ताज आरतीलाई

इनेप्लिज २०७४ मंसिर १ गते १४:४७ मा प्रकाशित

KjfOG6 ldl8ofåf/f z’qmaf/ /fhwfgLdf cfof]lht …ld; 6’l/hd @)!&Ú k|ltof]lutfsf ljh]tf kf]v/fsL cf/tL yfkf tyf km:6 /g/ ck / ;]s]08 /g/ ckdf ljhoL x’g’ePsf qmdzM sf7df8f}FsL s[li6gf >]i7 tyf PGhL nfdf . tl:a/M gljg kf}8]n, /f;;

काठमाडौँ । यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् । आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज चुमेकी हुन् । त्यसैगरी मिस टुरिज्म फस्ट रनर अपमा काठमाडौँकी कृष्टिना श्रेष्ठ र सेकेण्ड रनर अपमा काठमाडौँकै एन्जी लामा विजयी भए ।

डेनमार्कबाट बजार व्यवस्थापनमा स्नातक थापा पछिल्लो समय मोडलिङ क्षेत्रमा पनि सक्रिय छिन् । सिद्धार्थ वनस्थलीबाट विद्यालय तहको शिक्षा आर्जन गरेकी थापाले प्रिमियर कलेजबाट दश जोड दुई अध्ययन गरेकी छन् । उनले पर्यटन र मोडलिङ क्षेत्रमा जम्ने सानैदेखिको सपना साकार पार्न भविष्यमा यही क्षेत्रमा क्रियाशील हुने राससलाई बताइन् ।

त्यस्तै फस्ट रनर अप श्रेष्ठ ‘पब्लिक हेल्थ’ विषयमा स्नातक हुन् । पब्लिक हेल्थ र मेडिकल टुरिज्मलाई अघि बढाउने योजना उनले सुनाइन् । ताज विजेता थापाले रु ५० हजार तथजा फस्ट रनरअप श्रेष्ठले रु ३० हजार र सेकेण्ड रनरअप लामाले रु २० हजार हात पारे ।
अघिल्लो वर्ष मिस टुरिज्म–२०१६ को उपाधि ओरुषा थापाले जितेकी थिइन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्वाइन्ट मिडिया प्रालिले प्रतियोगिता आयोजना गरेको हो । ताज विजेतालाई नेपालस्थित विभिन्न संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया