नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन

इनेप्लिज २०७४ कार्तिक ३० गते १५:२५ मा प्रकाशित

काठमाडौँ, ३० कार्तिक । नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो ।

 

स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो । २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए ।

प्रतिक्रिया