श्रीमानले छाडेर मलेसिया पुगेकी सिर्जनाको आन्द्रा र पाठेघरमा क्यान्सर भएपछि १० बर्षीय छोरीको बिचल्ली

इनेप्लिज २०७४ कार्तिक ३० गते ९:५२ मा प्रकाशित

पिएनपिखबर, रानीबारी, सामाखुसिमा आफ्नी एक छोरी र आमासंग बस्दै आएकि सृजना तामाङको परिवारमा सानै देखि दुख थियो । उनि छोरि भएकोले सानैमा पनि उनका बाबुबाट अपहेलित भएकी थिईन ।उनका बाबुले पनि क्यान्सरकै कारण ज्यान गुमाउनु परेको थियो । हाल उनि आन्द्राको र पाठेघरको क्यान्सरले ग्रसित छिन । यस बाहेक उनको ढाडको हड्डीमा पनि केहि समस्या रहेको उनि बताउछिन । उनि यो भन्दा अघि मलेसियामा काम गर्दै आएकी थिइन । उही बस्ने क्रममा अचानक थला परेपछी आफु नेपाल आएको उनि बाताउछिन । मलेसियामा पनि धेरै बिशेषज्ञ कहाँ जांचउपचारको क्रममा क्यान्सरको शंका गरेपछि उनि नेपाल आएकी थिइन् ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउदै आएकी उनि हाल अन्नपुर्ण अस्पतालमा आफ्नो उपचार गराउदै छिन । दैनिक उनको उपचारमा लगभग ३००० देखि ३५०० सम्मको खर्च लाग्ने उनको भनाई रहेको छ । यस्तो अवस्थामा पनि उनका श्रीमानले भने वास्ताब्यस्ता गरेका छैनन । धेरै अघि छुट्टिएर बसेका सृजनाका दम्पत्तिको सम्बन्ध बिच्क्षेद नभएता पनि उनिहरुको सम्बन्ध भने बिच्क्षेद भए सरि नै छ । आफ्नो यस्तो बिरामी अवस्थामा मलाई आफ्नाले भन्दा धेरै टाढाका साथीले सहयोग र माया गरेका छन भनेर उनले गुनासो पोखिन ।

सृजनाको थप उपचारको लागि एक अभियान नै थालिएको छ । धरै क्यान्सर पिडित बिरामी आर्थिक अभावका कारण उपचार नपाएर आफ्नो ज्यान गुमाउने स्थिति छ । बाच्ने रहर कसलाई हुन्न र । शाश रहुन्जेल आश सबैलाई हुन्छ । क्यान्सर जस्तो जटिल रोगको निवारण गर्न धेरै खर्च लाग्ने भएकोले सरकारले पनि यस विषयमा ध्यान देओस भन्ने पनि उनको गुनासो छ ।

हेर्नुस भिडियो:

प्रतिक्रिया