यसरी बनेको थियो ‘भाइरल भैदियो’; ३ मिनेटको गीतलाई ११ दिनसम्म खिचियो [हेर्नुस भिडियो]

इनेप्लिज २०७४ कार्तिक ३० गते ९:४७ मा प्रकाशित

पिएनपिखबर। गीत लेखनमा चर्चा कमाइसकेका मानस राज ६ वर्षपछि पुनः गायन क्षेत्रमा प्रवेश गरेका छन्। गीतका गायक, रचनाकार तथा संगीतकार मानस राजले लेखेको ‘पिरतीको छाता ओढाउँला’ बोलको चलचित्र ‘रेशम फिलिली’को गीत निकै चर्चित बनेको थियो । त्यस्तै, चलचित्र ‘डायरी’को चर्चित ‘माया माया’मा मानसको शब्द तथा संगीत थियो ।

मानस राजले रचना गरेका पचास बढि गीतहरुमा मोहन भुसाल, सनुप पौडेल, हेमन्त राना, काली प्रसाद बास्कोटा, अल्मोडा राना लगायतले स्वर दिईसकेका छन् । मानसले रंगमञ्चमा दश वटा नाटकमा अभिनय समेत गरेका छन् । नेपाली चलचित्र रेसम फिलिलीमा ‘पारि त्यो डाँडामा घाम लाग्यो घमाइलो, मलाई लाग्यो रमाइलो, तिमी र म घुम्न जाऔं न’, भन्ने गीतबाट एक्कासि चर्चामा आएका मानसराज ‘भाइरल भैदियो’ गीतबाट गायन क्षेत्रमा पुनरामगन गरेका हुन्।

आफ्नै गीत, संगीत र स्वर रहेको उक्त गीतको बिहीबार यूट्युबमा भिडियोसमेत सार्वजनिक गरिएको छ। कार्टुन क्रुजका संस्थापक सविन कार्कीको बीस्ट प्रडक्सनले उक्त म्युजिक भिडियो बिहीबार दिउँसो चार बजे यूट्युबमा सार्वजनिक गरेको हो । सबिनको लोभलाग्दो नृत्यसँगै उनि आँफैले निर्देशन तथा सम्पादन समेत गरेका छन् । प्रयोग गर्न रुचाउने सबिनले यस भिडियोमा पनि कथा तथा उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । यस गीतका एरेन्जर उदय राज पौडेल हुन्। धादिङ्की आठ बर्षिया दीक्षाले यसै भिडियोबाट नृत्यसँगै अभिनय शुरु गरेकी हुन् । उनले यसअघि केहि गीतका कभर भिडियोमा नृत्य गरेकी थिइन् । भिडियो रिलीजसँगै दीक्षाको प्रतिभाको तारिफ गरिएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोल निवासी मानस राजले आजभोलि जे पनि भाइरल हुने जमाना आएकाले त्यही भाइरल शब्दले आफ्नो मनमस्तिष्क क्लिक गर्दा पाँच मिनेटमा गीत तयार भएको सुनाए । साथै उक्त गितको सुटिंगको लागि भने ११ दिन सम्म निरन्तर लागेका थिए ।

‘आजभोलि जे पनि भाइरल हुन्छ, भइरहेको छ। त्यस्तै जो पनि भाइरल गर्ने कुरा गर्छन् । त्यही भाइरल शब्दले मेरो मनमस्तिष्क क्लिक गर्‍यो। त्यही क्लिकले मायाप्रेम र युवाहरु नाच्न मिल्ने गीत तयार गर्नुपर्ला भनी सोच्दै गर्दा पाँच मिनेटमा गीत तयार भयो।’ उनको भनाई रहेको छ ।

हेर्नुस भिडियो:

प्रतिक्रिया