सोमबार, असोज ११ २०७८
काठमाडौं ०४:३३
वासिङटन डिसी 18:48

कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउँछ ः अध्यक्ष ओली

इनेप्लिज २०७४ कार्तिक २९ गते १३:५७ मा प्रकाशित

बेसीशहर, लमजुङ, २९ कात्तिक  ः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउने बताउनुभएको छ ।

वाम गठबन्धनद्वारा आज लमजुङको बेसीशहरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावपछि एकता गर्ने गरी वाम गठबन्धन बनाइएको बताउनुभयो ।

उहाँले एमाले र नेकपा (माओवादी केन्द्र)ले एउटै चुनाव चिह्नमा चुनाव लड्ने समझदारी बने पनि प्राविधिक कारणले रोकिएको बताउनुभयो ।

देशको विकासलाई नयाँ उचाइमा पु¥याउन वामपन्थी दलले जित्नुपर्ने उहाँको भनाइ थियो । “स्थायी सरकार र सुशासनका लागि वाम गठबन्धन भएको हो” – उहाँले भन्नुभयो ।

नेता ओलीले अनावश्यक विवाद र बहसमा अल्झिन नहुने भन्दै जनता अलमल्याउन खोज्नेहरूलाई पराजित गर्दै संगठित हुन आग्रहसमेत गर्नुभयो ।

मुलुकलाई अगाडि बढाउन सक्ने संकल्प वामपन्थीमा मात्र भएको उहाँको भनाइ थियो । अस्थिर सरकारले मुलुकको विकास हुन नसकेको स्वीकार्दै उहाँले अब वामपन्थीको बहुमतको सरकार बन्ने र मुलुक विकासतर्फ अघि बढ्ने पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रबाट लमजुङमा प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएको देव गुरुङले कम्युनिष्टले नेतृत्व गरे मुलुक विकास पथमा अगाडि बढ्ने बताउनुभयो ।

लमजुङका प्रदेश (ख)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले कसैलाई प्रधानमन्त्री र कसैलाई मुख्यमन्त्री बनाउन वाम एकता नभएको बताउनुभयो ।

प्रतिक्रिया