गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड – त्रिभुवन बिश्वबिधालय २०१७ को घोषणा

इनेप्लिज २०७४ कार्तिक २८ गते ११:३६ मा प्रकाशित

देशभरका बि. टेक. खाध प्रबिधीमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रत्येक बर्ष प्रदान गरिने ” गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड ” सन २०१७ का लागि त्रिभुवन विश्वबिधालय बाट पदमश्री इन्टरनेशनल कलेज काठमाडौंकी प्रकृति ढकाल लाई प्रदान गरिने जानकारी आज गोबिन्द बल्लभ पन्त नेफ्सा स्मृति ट्रस्टका उपाध्यक्ष तथा वरिष्ठ खाध बैज्ञानीक हरिहर गुरागाईले गर्नु भएको छ |

ट्रस्टका उपाध्यक्ष हरिहर गुरागाई ( क्यानडा ) , डा. भवानी चम्लागाई ( फिनल्यान्ड ), नवराज दाहाल ( नेपाल ) र अमुल घिमिरे ( नेपाल) रहेको खाध्य बैज्ञानिकहरुको मूल्याकंन टोलीले ट्रस्टको मापदण्ड अनुसार प्राप्त निबेदनहरु बाट यो नतिजा प्रकाशित गरेका हुन ।

ट्रस्टका अध्यक्ष हिक्मत थापाका अनुसार गत छ बर्ष देखी दिइदै आएको यो पुरस्कारले नेपालका विश्वबिधालयमा खाध प्रबिधीमा अध्ययनरत विद्यार्थीहरुलाई हौसला मिलिरहेको विश्वाश गरिएको छ |यस अघि सन २०१७ को पुर्बान्चल बिश्वबिद्धालयको लागि यो पुरस्कार क्याफोडाट कलेज काठमाडौ कि अनु अर्याललाई प्रदान गरि सकिएको छ।

 

प्रतिक्रिया