डीसीमा एनआरएन अमेरिकाको सय दिन -पाँच प्रश्न बहस कार्यक्रम हुने (जनवरी १४ )

इनेप्लिज २०७४ कार्तिक २८ गते ०:०६ मा प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको नव निर्वाचित कार्यकारी समितिले सपथ ग्रहणको एक सय दिन पुगेको अवसरमा अमेरिकाको राजधानी डीसीमा “पञ्च प्रश्न सहितको बहस कार्यक्रम “को आयोजना गरिने भएको छ l

एक सय दिन पुगेको शुभ अवसरमा क्यालिफोर्नियाको लस एन्जेलसमा राखिने पहल भएता पनि कार्यक्रम डीसी महानगर क्षेत्रमा तय गरिएको छ l गत सेप्टेम्बर १६ तारिख एनआरएन अमेरिकाको सपथ ग्रहण सफलतापूर्वक सम्पन्न भएको थियो भने आगामी डिसेम्बर २६ तारिख नया कार्यकारी समितिले नेतृत्व लिएको ठिक १ सय दिन हुने छ l

बिश्व कै सबै भन्दा ठुलो राष्ट्रिय समन्यव समिति अमेरिका प्रति अमेरिकामा रहेका यस संस्थाका सदस्यहरुले नेतृत्व लिए पछि चुनावी मैदानमा उत्रनु अगाडी बिजयी उम्मेदवारहरुले गरेका प्रतिबद्धता ,कार्यसूची तथा बाचाहरु प्रति गम्भीर भएका छन् कि छैनन् l पदाधिकारीहरु यस बिषयमा गहन छलफलमा तल्लिन छन् कि छैनन् ? कतिको बिषय बस्तु प्रति कार्यन्वयन गर्ने तर्फ उन्मुख छन ?

कि केवल चुनाव जित्ने मात्र धुनमा झुट्टा आश्वासन सहित दर्जनौ प्रतिबद्धताहरु सार्बजनिक गरेका हुन् कि ? यस वर्तमान समितिले १ सय दिनमा के कति कामको प्रगति ,उन्नति र के कस्ता कामहरु गरेका छन् ? आम चासोको बिषय रहेको र सदस्यहरुले जान्न पाउनु पर्ने अधिकार समेत भएकोले यस्तै केवल ५ वटा सवाल सहित बहस अन्तरक्रियात्मक कार्यक्रम गरिने तय भएको जानकारी संचारकर्मी सच्ची मैनालीले दिएकी छिन् l

कार्यक्रम प्रस्तोता र डीसी महानगर क्षेत्र बाट संचालित बिधुतिय पत्रिका ईनेप्लिज को पहलमा उक्त कार्यक्रम हुने भएकोले सबैलाई यस बिशेष कार्यक्रममा निमन्त्रणा दिने मैनालीले बताईन l

साथै पदाधिकारीहरुले आफुले १ सय दिन सम्म गरेका पहल ,क्रियाकलाप र निर्माण गरेका मार्ग चित्र सहित प्रस्तुत गर्ने यो ठुलो अवसर भएकोले जिम्मेबार पदाधिकारीहरु सहभागी हुने कुरामा आफु निर्धक्क भएको बताईन l

चुनाव अगाडी पटक पटक सार्बजनिक रुपमा बोलेका प्रतिबद्धता र कार्यसूची प्रति कतिको बफादार हुनु भएको छ l यसै बिषयमा चिरफारको साथै समुदायले कस्तो प्रकारको यस समिति संग अपेक्षा गरेको छ l

मैनालीले अगाडी भनिन ,अहिले सम्म वहाहरु कतिको ईमान्दार हुनु भएको छ ? अमेरिकाका सदस्यहरुले दिएको जनादेश को कतिको पालना गर्न दत्तचित्त हुनु भएको छ ? यसै सेरोफेरोमा रही बहस र समिक्षा सहित ५ सवाल जवाफ गरिने खाका निर्माण भै रहेको बताईन l

५ वटा मात्र सवाल सम्बन्धमा जिज्ञाशा राख्ने क्रममा उनले समय धेरै व्यतित नगर्ने उदेस्य रहेकोले सहभागी तथा सदस्यहरु ले समिति १ सय दिन पुगेको मा कसरि समिक्षा गर्दछन ? र अहिले सम्म उनीहरुले गरेको क्रियाकलाप प्रति कतिको सन्तुष्ट छन् l

उनले अगाडी फेरी भनिन ,यसै गरि के के कुरामा अमेरिकाका सदस्यहरु असन्तुष्ट छन् र समितिले अन्य राष्ट्रिय समन्वय समिति संग कस्तो सम्बन्ध गास्न सफल भएका छन् त ? यसमा पनि सहभागीले ५ प्रश्न राख्न पाउने छन भनि मैनालीले बताईन l

डीसी नजदिक आर्लिंगटन केन्द्रिय पुस्तकालयमा जनवरी १४ तारिख आईतबार दिउसो १ :३० बजे देखि कार्यक्रम को श्रीगणेश गरिने जानकारी गराउदै आफ्ना लागेका जिज्ञाशा ,प्रश्न ,सवाल आदी ईत्यादी समेतलाई स्थान दिइने भएकोले सम्पर्क गर्न समेत ईनेप्लिज कि रेसिडेन्ट (आवास सम्पादक ) सच्ची मैनालीले बताईन l

प्रतिक्रिया