खोजिने र प्रयोग गरिने हो भने गभर्नर,हेडफोन ,साइबर तथा स्प्रे का पनि नेपाली शब्दहरु नभेटिने कहाँ हुन्छन र ?

इनेप्लिज २०७४ कार्तिक २७ गते ०:३३ मा प्रकाशित

 

लामो समय देखि यस्ता शब्दहरुमा लेख्ने जागर चलेता पनि समय व्यवस्थापन गर्न नसकेको कारण अलमलमा परेको थिए l आज समय जुरेको हुनाले बिशेष मूलुक बाहिर बस्ने नेपाली समुदाय लाई सरल होस् भन्ने हेतुले जानेको शब्दहरु पस्केको छु l

यसलाई लागु गर्नु पर्ने भन्ने चै होईन l २१ औ शताब्दीमा अंग्रेजीको दबदबा रहेको वर्तमान अवस्थामा यस्ता शब्द प्रयोग गर्नु पर्दा अप्ठ्यारो महसुस पनि हुन् सक्ने छ l अरुले पनि प्रयोग गर्नु पर्ने भन्ने उद्धेश्यले आफुले यो प्रयास गरेको पनि हैन l

समय मिल्यो भने एक पटक नजर घुमाई दिनु होला भन्ने आग्रह छ l आफुले विशुद्ध नेपाली भाषा को थालनी गरेको केही समय पछि २४ बर्ष लाग्ने छ l २५ बर्ष लग्यो भने पंक्तिकार ले धुमधाम कलम चलाउने योजनामा रहेको सहर्ष जानकारी दिन चाहन्छु l

अब थालौ ,नेपाली भन्दा पनि ज्यादा भन्दा ज्यादा अग्रेजीमा मा नै प्रयोग गरिने र यत्र तत्र सर्बत्र प्रयोग गरिने शब्दहरु l अधिकांश लाई गभर्नर लाई नेपालीमा के भनिन्छन भन्ने नै थाहा छैन होला भन्ने ठोकुवा गर्छु l गभर्नरलाई भन्नु पर्दा राज्य पाल भनिन्छ भने अत्यधिक रुपमा हामीले प्रयोग गर्ने हेडफोनलाई श्रवण साधन उपकरण या तार भनिन्छ l

यसै गरि प्रिन्टरलाई नेपालीमा भन्नु पर्दा मुद्रक भन्दा पनि हुन्छ l करकाप छैन जे सजिलो लाग्छ त्यहि भन्ने तर नेपालीमा मुद्रण हो l यसै गरि स्प्रे गर्नु पर्ने आदी शब्द हामी प्रयोग गर्छौ l जसलाई फोहरा पनि भन्दा हुन्छ l यसै गरि कम्पुटर माउस लाई मुसक भन्दा पनि हुन्छ l यसै गरि लेजर प्रिन्टलाई परांशुमुद्रक भनिदो रहेछ l

यसै गरि हामीले अमेरिकामा अत्यधिक रुपमा प्रयोग गरिने यन्त्र माइक्रोवेव लाई सुक्ष्म तरँग उपकरण भन्ने पनि पाइयो l यसै गरि रेफ्रीजेरेटर लाई हिमकारक या शीतक पनि भन्दा हुने छ l

यसै गरि डिप्रेसन्लाई उदासी या उदासीपन पनि भन्न सक्दछौ भने फ्याक्सलाई दूरप्रकाशन भनिन्छ l हार्डवेयर लाई यन्त्रांश भने सफ्ट वेयरलाई तन्त्रांश भनिन्छ l  यसो हो भने हार्डवेयर ईञ्जिनियर लाई यन्त्रांश अभियन्ता तथा सफ्टवेयर ईञ्जिनियर लाई तन्त्रांश अभियन्ता भनिन्छ l ह्याकरलाई कुट्टक पनि भनिदो रहेछ l

साइबर भनेको साङ्गणिक हो l साइबर क्राइम भनेको साङ्गणिक अपराध हो l अहिले यस्ता शब्दहरु प्रयोग गरे भने लेख र समाचार हेर्दैनन् भन्ने फेरी नसोचौ l ६ बर्ष देखि अविरल रुपमा यो पंक्तिकारले यस्ता शब्दहरु प्रयोग गर्दा झन् पाठक वृद्धि भएको प्रमाण हामी संग सुरक्षित छ l

यस्ता शब्दहरु सहित पुन:उपस्थित हुने बाचा गर्दै पूर्ण बिराम लिन चाहन्छु l

 

प्रतिक्रिया