म बसेको सिटको साइडमा मेरै उमेरको युवा बसेको थिए । राती हुन थालेपछि उनको हातको भागले मेरो शरीर छोइएको महसुस गरें .. भिडियो

इनेप्लिज २०७४ कार्तिक २६ गते १४:५१ मा प्रकाशित

‘म जब बच्ची नै थिएँ, त्यतिबेला छिमेकी अङ्कलले मलाई समाउँथे र मेरो शरीरमा हात डुलाउन थाल्थे । ट्युसन टिचरले मेरो ट्राउजरभित्र हात लैजान खोज्थे । तर म, यी सबै कुरा परिवारलाई भन्न डराउँथें । भनेको भए पनि, सायद उनीहरुले विश्वास गर्दैनथे, या गम्भीर रुपले लिने थिएनन् ।’ एक भारतीय टेलिभिजन अभिनेत्रीले, अहिले सामाजिक संजालमा चलेको हिंसा विरुद्धको अभियान #metoo मा समर्थन र सहभागिता जनाउंदै गरेको ट्वीट हो यो ।

किशोरी तथा युवतीहरु रात्रिबसमा यात्रा गर्दैनन्, किनकी उनीहरु रातसंग होइन, रातको बाहानामा उनीहरुको शरीरमा सल्बलाउन खोज्ने दानवहरुका हातहरुले गर्दा डराउँछन् । उनीहरु हरेक पुरुषमाथि शंका गर्छन्, किनकी उनीहरुले विश्वास र सम्मान गर्ने व्यक्तिले नै आफूमाथि कुदृष्टी लगाएको अनुभवलाई मनभित्र गुम्साईरहेका हुन्छन् । एक्लै भएको बेलामा, रातको समयमा वा यात्रा गर्दा, आफूलाई सम्मान र भद्र व्यवहार गर्ने पुरुषलाई ‘भगवान जस्तो मान्छे रहेछ’ भन्दै श्रद्धा गर्छन्, किनकी मान्छे नामका राक्षसहरुले घरबाट निस्कने उनीहरुको पाइला समेत गह्रौं बनाइदिइरहेका छन् ।

बाकि भिडियोमा सुन्नु होला :

लेखिका : कामना न्युपाने
लेख सौजन्य : नारिखबर डट कम
बाचक : टिका अधिकारी

प्रतिक्रिया