चलचित्र “भैरे”यस बर्षकै सर्वाधिक उत्कृष्ट र सफल चलचित्र बन्नेमा कुनै शंका छैन

इनेप्लिज २०७४ कार्तिक २६ गते १४:४६ मा प्रकाशित

-निर्माता श्री प्रेम प्रसाद पौडेल 
पिता परशुराम पौडेल र माता भिमादेवी पौडेलको कोखबाट सुनसरी जिल्लाको बराह नगरपालिकामा जन्मनुभएका नव निर्माता श्री प्रेम प्रसाद पौडेल सकारात्मक सोच लिएर अगाडी बढ्ने ब्यक्तिमध्ये एक हुनुहुन्छ । यसका साथै उहाँ नेपाली सामाजिक परिवेश र बिदेशी भूमिको रहन सहनलाइ नजिकबाट नियाल्नुभएको एक सफल ब्यवसायी पनि हुनुहुन्छ ।

अमेरिकाको साँस्कृतिक राजधानी मानिने न्यूयोर्क शहर जसमा नेपालीहरु र साउथ एशियनहरुको बाहुल्य रहेको र अत्यधिक चहल पहल रहेको एउटा सानो बजारको नाम हो ज्याक्सन हाईट,जुन हाल उहाँको कर्मथलो बनेकोछ । त्यही ज्याक्सन हाईटमा हुँदा होस् या मातृभूमी नेपालमा रहँदा होस्,हमेशा हँसिलो मुहार लिएर सबैसँग हातेमालो गर्न र सबैलाई सहयोग गर्न तयार रहने सहयोगी हातहरुमध्ये श्री पौडेलको नाम अग्रपंक्तिमा आउँछ। निर्माता श्री प्रेम पौडेल परदेशी भूमीमा रहेरपनि आफूकहाँ आउने अतिथीहरुलाई “अतिथी देवोभव”को उक्ति चरितार्थ गर्न कहिल्यै पछाडि पर्नहुन्न ,आफूकहाँ आउने पाहुनाहरुलाई आफ्नो हैसियत अनुसारको स्वागत सत्कार गर्न कहिल्यै चुक्नुहुन्न ।

उहाँ आगामी दिनहरुमा ब्यवसायिक रुपमा नेपाली कला क्षेत्रको संरक्षण सम्वर्द्दन तथा प्रवर्द्दनको लागि अगाडि बढ्ने संकल्प लिएर तन,मन,धनले नेपाली सिने जगतमा पहिलो पाईला चाल्दै हुनुहुन्छ । उहाँको भित्री ईच्छ्या उत्कृष्ट नेपाली सिनेमा बनाउने रहेकोछ । जुन ब्यवसायिक,आर्थिक,सामाजिक रुपले नै उत्कृष्ट रहने उहाँको दावी छ ।
नेपाली सिनेमा समयको माग अनुसार हुनुपर्छ ,आज बन्ने नेपाली सिनेमाले बर्तमान समयको कथा भनिनुपर्छ ,हिजोको पुस्तालाई सम्मान गरिनुपर्छ ,भावी पुस्तालाई प्रोत्साहन गरिनुपर्छ भन्ने पवित्र भावना राख्ने निर्माता प्रेम पौडेलज्यूको नेपाली चलचित्र क्षेत्रमा भएको आगमनले पक्कैपनि नेपाली सिनेमाको आर्थिक,सामाजिक,व्यवसायिक स्तर उकास्न उल्लेखनिय भूमिका खेल्नेछ । भविष्यमा उहाँले बनाउने नेपाली सिनेमाहरु ब्यवसायिक हुनेछन् ,मनोरञ्जनात्मक हुनेछन् अनि अर्थपूर्ण हूनेछन् । यसका साथै नेपाली सिनेमाले भावी पुस्तालाई सही दिशानिर्देश गर्नमा अग्रगामी भूमिका खेल्नुपर्ने उहाँको ठहर छ।

सिनेमा निर्माण गर्ने भनेको एउटा पुल बनाएको जस्तै हो ,जुन बलियो र दिर्घकालिन हुन जरुरी छ । जसमा टेकेर भावी पुस्ताले आफ्नो बाँकी जीवन सहजै गुजार्न सकुन् ,सकारात्मक पाठ सिकेर अगाडि बढ्न सकुन् भन्ने उहाँको चाहना रहेको छ । तसर्थ ईतिहासरुपि पुल बनाउन एक्लो प्रयासले सम्भव छैन त्यसको लागि बलियो टिमको आवश्यकता पर्दछ भन्ने भनाई राख्ने निर्माता प्रेम पौडेल एउटा सशक्त टिम लिएर नेपाली चलचित्र क्षेत्रमा पाईला चाल्दै हुनुहुन्छ।

नेपाली चलचित्र क्षेत्रमा एक कुशल निर्माताको अभाव खड्केको परिप्रेक्ष्यमा एक अनुभवी एवं ब्यवसायिक निर्माताको रुपमा श्री पौडेल अगाडि आउनुभएकोछ । भविष्यमा लगातार नेपाली फिल्मको माध्यमद्धारा नेपाली कला संस्कृतीको जगेर्ना गर्ने उहाँको लक्ष्य रहेको छ । हामी जहाँ भएपनि आफ्नो तर्फबाट समाज परिवर्तन र देश विकासको निमित्त योगदान दिन जरूरी छ ” भन्ने भनाई राख्ने श्री पौडेल मातृभूमीबाट टाढा रहेर पनि नेपाली सिनेमाको माध्यमद्धारा देश विकास र समाज परिवर्तनको भाव बोकेर अगाडी बढ्दै हुनुहुन्छ ।

नेपाली सिने बजारमा अहिले नयाँ नयाँ नेपाली चलचित्र आउने जाने क्रम निकै बढ्दो छ । साथै नयाँ निर्माता आउनेक्रम पनि निकै तिब्र रहेकोछ । यसैबीच अहिले आफ्नो पहिलो चलचित्र ‘भैरे’लिएर नवनिर्माता प्रेम प्रसाद पौडेल ज्यू नेपाली चलचित्र क्षेत्रमा पहिलो पाईला टेक्दै हुनुहुन्छ । प्रवासमा रहेरपनि बाँकी जीवन नेपाली चलचित्र क्षेत्रको उत्थानको लागि खर्चिने उहाँको योजना रहेकोछ । दूरदर्शी सोच एवं उत्साहका साथ नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका नवनिर्माता श्री प्रेम प्रसाद पौडेल चलचित्र “भैरे”लाई सर्वाधिक हिट बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुहुन्छ,तसर्थ चलचित्र “भैरे” यस बर्षकै सर्वाधिक उत्कृष्ट र सफल चलचित्र बन्नेमा कुनै शंका नभएको उहाँ दावी गर्नुहुन्छ । साथै व्यवसायिक रुपमा चलचित्र ‘भैरे’ ले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा निकै ठूलो बजार लिनेमा उहाँ ढुक्क हुनुहुन्छ ।

एक करोडको बजेटमा बन्न लागेको चलचित्र ‘भैरे’ एवं नेपाली सिने जगतमा अहिलेसम्मकै अत्यधिक चर्चा परिचर्चा एवं उत्कृष्ट कथा,पटकथा,उत्कृष्ट टेक्निसियन,कथा,पटकथा,संवाद,संगीत,एवं सुपरहिट गीतहरुद्दारा निर्माण हुन लागेको दमदार प्रस्तुति बोकेको चलचित्र हो । दूर दराजमा छरिएर रहेका तमाम गाउँले युवकहरुको कथा बोकेको चलचित्र ‘भैरे’ मा दया दयाहाङले ‘भैरे’को भूमिका निर्वाह गर्दैछन् । ‘भैरे’मा दर्शकहरूले रुचाएका सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई,दर्शकहरुको मन मुटुमा बसेका कलाकार बुद्धि तामाङ,सफल अभिनय गर्न माहिर सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी,बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरुका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधानलाई लिइएको छ । समग्रमा भन्नुपर्दा चलचित्र ‘भैरे’ आर्थिक,सामाजिक एवं मनोरन्जनको हिसाबले पनि निकै अगाडी बढ्ने उहाँको ठहर छ ।

प्रतिक्रिया