डिसीमा नेवा अर्गनाइजेसन अफ अमेरिकाको नेपाल संवत् ११३८ सम्पन्न

इनेप्लिज २०७४ कार्तिक २६ गते १४:०० मा प्रकाशित

डिसी महानगर क्षेत्रमा स्थापित नेवा: समुदायको प्रतिष्ठित संस्था नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए )ले गत नोवेम्बर ११ तारिख मेरील्याण्डमा नेपाल सम्बत ११३८ सफलता पूर्वक सम्पन्न गरेको छ l

उक्त संस्थाका अध्यक्ष बबिता प्रधान श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागी नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) , अतिथिमा वर्ल्ड नेवा अर्गनाइजेसन सभापति सिजन श्रेष्ठ तथा साथै शङ्खधर साख्वाःको बिशेष प्रस्तुतिमा डा महेश्वर बैद्य रहेका थिए l कार्यक्रमको उद्घाटन राजदुत कार्कीले पानसमा बत्ति बालि गर्नु भएको थियो l

प्रमुख अतिथिको तर्फ बाट आफ्नो मन्तब्य राख्दै राजदुत कार्कीले शुभकामना दिएका थिए भने मुलुक बाहिर आएर पनि आफ्नो संस्कृति र कलालाई जगेर्ना गर्न नेवा समुदायको अहम भूमिका रहेकोमा प्रशंसा गरेका थिए l साथै राजदुत कार्कीले अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई पनि सहभागिता गराउनु पर्ने कुरामा जोड दिएका थिए l

जसरि यहाहरुले यसलाई महत्व दिएर यो पर्व मनाउनु भै रहेको छ त्यसरी नै आउने पुस्ताले पनि यस्तै महत्व को साथ मनाउने कुरामा बिस्वस्त भएको बताए l राजदुत कार्कीले नेपाल सम्बत र शङ्खधर साख्वाः नेपालका गौरब हुन् भन्दै बिदा लिएका थिए l

कार्यक्रममा डिसी क्षेत्रका विभिन्न सङ्घ तथा संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो भने अध्यक्ष बबिता प्रधान श्रेष्ठले सबै अतिथिहरुलाई बिशेष धन्यबाद दिएकी थिइन् l वर्ल्ड नेवा अर्गनाइजेसन सभापति सिजन श्रेष्ठले शङ्खधर साख्वाः को बारेमा बोलेका थिए भने शङ्खधर साख्वाःको बारेमा बिशेष प्रस्तुति महेश्वर बैद्य( चिकित्सक)ले गरेका थिए l लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो l

कार्यक्रमको स्वागत मन्तब्य पुस्कर प्रजापतिले गरेका थिए भने धन्यवाद ज्ञापन शुसिल श्रेष्ठले गरेका थिए l कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो भने उक्त सांस्कृतिक कार्यक्रममा गीत ,नृत्य तथा नाटक प्रस्तुति गरिएको थियो l सांगीतिक कार्यक्रममा संजिव श्रेष्ठ तथा सरिस्मा अमात्यको बेजोड प्रस्तुति रहेको थियो l

तस्बिर :फोटो बैंक स्टुडियो ,राजिब श्रेष्ठ

प्रतक्ष्य प्रसारण हेर्न यहांगर्नुहोस क्लिक 

 

नेवा :अर्गनाईजेसन अफ अमेरिका (NOA)द्वारा आयोजित नेपाल सम्बत् ११३८ समारोहमा बिशेष नाटक प्रस्तुती ;

Posted by Enepalese on Saturday, November 11, 2017

अमेरिका को डिसी महानगर मा स्थापित नेवा :अर्गनाईजेसन अफ अमेरिका (NOA)द्वारा आयोजित नेपाल सम्बत् ११३८ समारोहमा सांस्कृतिक कार्यक्रमको प्रत्यक्ष प्रसारण : विजय थापा

Posted by Enepalese on Saturday, November 11, 2017

अमेरिका को डिसी महानगर मा स्थापित नेवा :अर्गनाईजेसन अफ अमेरिका (NOA)द्वारा आयोजित नेपाल सम्बत् ११३८ समारोहमा सांस्कृतिक कार्यक्रमको प्रत्यक्ष प्रसारण : विजय थापा

Posted by Enepalese on Saturday, November 11, 2017

प्रतिक्रिया