डेंगुले रौतहटमा एकको मृत्यु दर्जनौँ बिरामी

इनेप्लिज २०७४ कार्तिक २६ गते १३:१७ मा प्रकाशित

दुई हप्तादेखि फैलिएको डेंगु रोगले महामारीको रुप लिँदै गर्दा रौतहटमा एकजनाको मृत्यु भएको छ । डेंगुको संक्रमण भएपछि उपचारको लागि भरतपुर लगिएका चन्द्रपुर १ पौराईका ४० वर्षीय मोतीराम गोलेको मृत्यु भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिकाको १ र ४ मा डेंगुको संक्रमण देखिएको छ । दुई हप्तादेखि फैलिएको रोगको रोकथामको लागि कतैबाट कुनै ठोस पहल हुन नसक्दा महामारीको रुप लिने खतरा रहेको स्थानीय बताउँछन् । गाउँमा दुई दर्जनभन्दा बढीमा रोगको लक्षण देखिएको तर जिल्ला जनस्वास्थ्यलाई जानकारी गराउँदा पनि चासो नलिएको वडाध्यक्ष बिरु रखालले जानकारी गराएका छन् ।

सञ्जय मित्र, रौतहट

प्रतिक्रिया