मनु नेम्बाङ् र तारा थेबेलाई बेलायत बाट सम्मान तथा बिदाई ।

इनेप्लिज २०७४ कार्तिक २६ गते ३:३७ मा प्रकाशित

गत ११ नोवेम्बर २०१७ को दिन बेलायतको साइमन चर्चको सभाहल, आशफोर्डमा सांङ्गेतिक यात्रामा आएका मनु नेम्बाङ् र तारा थेबे लाई सम्योजक समतिले “सांगेतिक यात्रा २०१७” को अन्तिम कार्यक्रम गरी सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गर्यो ।

सम्योजक प्रमुख डम्मर सिङ्गकको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि कि या चु यूके केन्द्रिय कमिटिका अध्यक्ष दिलसिङ् मेन्याङबो, विषेश अतिथिहरुमा झुमा वनेम लिम्बु, भास्कर तितुङ्, र अन्य अतिथिहरुमाः अतिथि गायक सुजन तिगेला, सिरि साम्यो, भरतमणी चोङ्बाङ्, दुर्गा पाङ्मा, लोकेन्द्र तवेबुङ्, बिस्वाश दीप तिगेला, टङ्क याङ्देन, कर्ण प्रामदेन, मुक्ति सेरेङ्, मोहनसिङ् मास्वा, जानु लिङ्देन, बिसि राई, स्वप्निल लिम्बू लगायत केन्टवासी विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरु रहेका थिए ।

कार्यक्रमको पहिलो सत्र सम्मान कार्यक्रममा कि या चु आशफोर्ड शाखा, सेवारो कलाकार संङ्घ, कि या चु केन्टबरी शाखा, कि या चु फक्स्टन शाखा, कि या चु रसमोर शाखा, कि या चु वेस्ट केन्ट शाखा, ई–मेडिया हब, र लिम्बुवान नागरीक समाजले मनु नेम्बाङ्, तारा थेबे र अतिथि गायक सुजन तिगेलालाई सम्मान गरेका थिए । यस्का साथै चुम्लुङ् हिम खरिदका लागी बिर बहादुर हुक्पा चोङ्बाङ्ले चार हजार सात पाउण्ड र युबराज ईस्बोले तिन हजार पाँच सय पचतहर पाउण्ड सहयोग गरि उदाहणिय कार्य गर्नु भएकोले वहाहरुलाई पनि विशेष सम्मान गरिएको हो ।

कि या चु यूके केन्द्रिय कमिटिको विषेश आब्हानमा सम्योजक प्रमुख डम्मर सिङ्गक रहेको उक्त सांगेतिक यात्रामा अन्य सम्योजक कमिटिहरुमा क्रमशः सकुन नेम्बाङ्, सुबर्ण नेम्बाङ्, तेज मेन्याङ्बो, आशराज बोखिम, नगेन्द्र नेम्बाङ् र पुर्ण सावदेन रहेका थिए ।

कार्यक्रमको दोस्रो सत्र सांङ्गेतिक कार्यक्रममा सम्मानित ब्याक्तित्वहरु मनु नेम्बाङ्, तारा थेबे र अतिथि गायक सुजन तिगेलाले करिब ३ घण्टा सम्म लिम्बु गीत र नेपाली गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई भावुक बनाउदै र अन्त्यमा भरपुर नचाएर सांङ्गेतिक कार्यक्रम सकिएको थियो ।

प्रमुख अतिथि दिलसिङ् मेन्याङबोले हामी जता रहे पनि हाम्रो संस्कार, संस्कृति भाषा तथा गीत संगितलाई जीवन्त राख्न हामी सबै एक भएर एकैसाथ लागी परे मात्र हाम्रा भावि पुस्ताहरुलाई हस्तान्तरण गर्न सकिने र यसरी नेपालबाट बेलायत आएर सहयोग गरीदिने सम्पुर्ण कलाकारहरुलाई धन्यवाद तथा आभार र सम्योजक टिमलाई केन्द्रको यो अनुरोधलाई सहर्स स्विकारी सफल बनाई दिएकोमा टिमलाई पनि धन्यवाद दिनुभयो ।

साँझ ६ बजेबाट शुरु भएर मध्यरातको १२ बजे सम्म चलेको उक्त कार्यक्रमका सभाध्यक्ष डम्मर सिङ्गकले स्पोन्सर सहयोग गर्नुहुने र सहभागी सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम विषर्जन गरे । कार्यक्रमलाई अमित थेबे र सकुन लिम्बुले संञ्यूक्त रुपमा सञ्चालन गरेका थिए ।

प्रतिक्रिया