प्रेस विज्ञप्ति -पत्रकार कृष्ण के. सि.लाई कार्वाही गर्ने कदममा नेजाको गम्भीर ध्यानाकर्षण

इनेप्लिज २०७४ कार्तिक २६ गते ०:०० मा प्रकाशित
प्रेस विज्ञप्ति
गैर आवासीय नेपाली संघ एन आर एन अमेरिकाले लेख प्रकाशन गरेबापत पत्रकार कृष्ण के. सि.लाई कार्वाही गर्ने कदममा नेजाको गम्भीर ध्यानाकर्षण गर्दछ ।
संस्थाको विधान बमोजिम आफ्नो सदस्यलाई कार्वाही गर्ने संस्थाको आन्तरिक कुरा भएतापनि प्रकाशित समाचारमा असन्तुष्टि भएमा वा गलत भएमा अपनाउने प्रक्रिया फरक हुने हुँदा सूचनाको हकलाई बन्चित गर्ने गरि गरिएको यस कार्यलाई अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराउदछौ ।
तोया दाहाल
महासचिव, नेजा
११ नोभेम्बर २०१७

प्रतिक्रिया