दुवै किड्नी फेल भएको भन्दै सहयोग माग्दै युवक

इनेप्लिज २०७४ कार्तिक २५ गते १६:०१ मा प्रकाशित

 

सञ्जय मित्र, रौतहट
रौतहटको गढीमाई नगरपालिकाका एक युवकले दुवै किड्नी फेल भएको भन्दै आर्थिक सहयोग माग्दै हिँडेका छन् । गढीमाई नगरपालिका १ हरैया टोलका करिब बीस वर्षीय युवक नन्दकिशोर यादवले आफ्नो दुवै किड्नी फेल भएको भन्दै विभिन्न विद्यालयमा पुगेर विद्यार्थी तथा शिक्षकसित उपचारका लागि सहयोग संकलन गरिरहेका छन् । दुवै किड्नी फेल भएको र हप्तामा दुई पटक काठमाडौँमा किड्नीको डाइलोसिस गर्नु परिरहेको भन्दै युवक यादवले डाइलोसिस निशुल्क भए पनि दुई हजारको औषधि र आवतजावत गर्न रकमको अभाव भएकोले सहयोग मागेको बताएका छन् । डाइलोसिस गरेर छ–सात वर्षसम्म काम चलाउन सकिने चिकित्सकले भनेको बताउँदै युवक यादवले विकल्पको खोजीमा रहेको बताएका छन् ।

प्रतिक्रिया