धादिङमा ट्रक दुर्घटना सहचालकको मृत्यु

इनेप्लिज २०७४ कार्तिक २५ गते १२:०१ मा प्रकाशित

मलेखु, धादिङ, २५ कात्तिक : पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका खयरघारी नजिकै आज ट्रक दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार काठमाडाँबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख ८३९९ नंको ट्रक महेश खोलामा खस्दा ट्रकका सहचालक २० वर्षीय भीम नेपालको घटनास्थलमै मृत्यु भएको हो । गाडी चालक भने सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया