नेपाल औषधि उत्पादक संघको अध्यक्षमा दीपक प्रसाद दाहाल निर्वाचित

इनेप्लिज २०७४ कार्तिक २४ गते १७:५० मा प्रकाशित

सन् १९९० मा औषधि उत्पादन प्रतिष्ठान खोल्ने उद्योगपति द्वारा स्थापना भएको नेपाल औषधि उत्पादक संघ(एप्पोन )को अध्यक्षमा दीपक प्रसाद दाहाल निर्वाचित भएका छन् l संघको आज नोवेम्बर १० तारिख शुक्रवार भएको निर्वाचनमा दाहाल सहित ११ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको छ l

दाहाल २३ औं बार्षिक सम्मेलन बाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने सम्मेलन काठमाडौँ को सोल्टी होटलमा भएको थियो l यसै गरि संघको वरिष्ठ उपाध्यक्षमा नारायणवहादुर क्षेत्री तथा प्रथम उपाध्यक्षमा दीपक प्रधान निर्वाचित भएका छन् l

महासचिवमा प्रज्वलजंग पाण्डे तथा कोषाध्यक्षमा प्रभात रुंगटा चयन भएका छन्। त्यस्तै, सदस्यहरुमा पृथ्वीराज भण्डारी, महेश प्रधान, विप्लव अधिकारी, सन्तोष बराल, सुर्वण जोशी, स्थायी आमन्त्रित सदस्यमा प्रेम जाटिया चयन भएका छन्।

संस्थाको मुख्य उद्देस्य औषधि प्रतिष्ठानहरूको सेवालाई सुधार र विभिन्न सरकारी निकायहरू तथा औषधि व्यवसायिक घरहरूसँग समन्वय गर्ने रहेको छ l संस्थामा ५० भन्दा ज्यादा ओखति निर्माण गर्ने प्रतिष्ठान यसका सदस्य रहेका छन् भने नेपालको करिब ४० प्रतिसत ओखतीको बजार स्वदेशी उद्योगहरुले हिस्सा ओगटेको छ l ५० वटा ओखति प्रतिष्ठान मध्ये ३२ वटा डब्लुएचओ – असल उत्पादन बिधि द्वारा प्रमाणित भाइ सकेका छन् भने अन्य प्रक्रियामा रहेका छन्

दिपक प्रसाद दाहाल आफ्नो पेशा ओखति बिक्रि प्रतिनिधि बाट सुरु गरेका हुन् भने हाल उनको आफ्नो ओखति निर्माण गर्ने उद्योग छ l संस्थाका वर्तमान अध्यक्ष उमेश लाल श्रेष्ठ हुन् l

 

प्रतिक्रिया