‘ह्याप्पी डेज’को गीत रिलिज

इनेप्लिज २०७४ कार्तिक २२ गते ५:५३ मा प्रकाशित

काठमाडौं, २१ कार्ति । आउँदो माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी डेज’ समावेश ‘खाली खाली’ बोलको गीत रिलिज भएको छ । ‘खाली खाली’ बोलको गीतमा नायिका प्रियंका कार्की र सञ्चारकर्मी तथा नायक सञ्जय गुप्ता फिचरिङ छन् ।

 

तारा प्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्दमा तयार भएको गीतमा संगीतकार लिम्बुलाई दीपा लामाले गायनमा साथ दिएकी छिन् ।

गीतको भिडियोका कोरियोग्राफर चलचित्रका निर्देशक मिलन चाम्स हुन् । सोमवार राजधानीमा एक कार्यक्रमकाबीच उक्त गीत सार्वजनिक गरिएको हो ।

‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय छ ।

रामकुमार केसीले यो चलचित्र खिचेका हुन् । वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो चलचित्रको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ ।

प्रतिक्रिया