स्वरेकको मैदानमा सञ्चालन भै रहेको प्यारग्लाईडिङ्ग प्रतियोगितामा जे देखियो – भिडियो सहित।

इनेप्लिज २०७४ कार्तिक २० गते १०:११ मा प्रकाशित
भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सञ्चालन भै रहेको छ। कार्तिक १५ गते बाट सुरु भएको उक्त प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहेको  बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिनुभयो ।
प्रतियोगितामा स्याङ्जा जिल्लाका चापाकोट, गहौसुर, सिर्सेकोट, मिर्मी, हुनिकोट, सतौँ, खिलुङ र सिरुवारीलाई समेट्ने लक्ष्य लिएर आयोजना गरिएको हो । प्याराग्लाइडिङ प्रतियागितामा अमेरिका, बेलायत, चीन, भारत, स्पेन, स्विट्जरल्याड, बंगलादेश लगायतका देशका खेलाडीको सहभागिता जनाएको छ। प्रतियोगिता कार्तिक २० सम्म चल्नेछ।
प्रतियोगिताका केहि झलक भिडियोमा हेर्नुहोस्। 

प्रतिक्रिया