५२ वर्षिया शाहरुख खानका भित्रि रहस्य जान्नुहोस

इनेप्लिज २०७४ कार्तिक १६ गते ९:४३ मा प्रकाशित

मुम्बई, १६ कार्तिक । यसमा कुनै शंका छैन कि शाहरुख खान बलिउडका सर्वाधिक सफल कलाकार हुन् । भारतमा मात्र होइन विश्वभर छरिएका उनका करोडौ प्रशंसकका बिच उनि बादशाहको रुपमा परिचित छन् । नेपालमा समेत उनका लाखौ प्रशंसक छन् ।

२ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा जन्मिएका शाहरुख आजबाट ५२ वर्षमा प्रवेश गरेका छन् । आज उनका प्रशंसकहरुले ुकिंग खानुलाई जन्मदिनको शुभकामना दिइरहँदा हामी तपार्इलार्इ उनले हासिल गरेका केही महत्वपुर्ण सफलताको बारेमा जानकारी दिँदैछौ ।

१। शाहरुख भारतका सर्वाधिक तथा विश्वकै धनि कलाकार समेत हुन् । उनको सम्पत्ति ६०० मिलियन डलरभन्दा माथि छ ।

२। अभिताभ बच्चनपछि उनी एकमात्र त्यस्ता कलाकार हुन्, जसलार्इ फ्रान्सको लिगियन अफ फ्रान्स अवार्ड मिलेको छ ।

३। उनले हालसम्म सर्वाधिक २९ पटक उत्कृष्ट नायकको अवार्ड जितिसकेका छन् ।

४। र्फोब्सको मिडिल इस्ट विशेषको कभरपेजमा अटाउने उनि पहिलो भारतिय कलाकार हुन् ।

५। इन्टरपोलको टर्न व्याक क्राइमु नामक विश्वव्यापी अभियानका अन्तर्राष्ट्रिय दुत बन्ने शाहरुख पहिलो भारतिय कलाकार हुन् ।

६। उनि विश्वका एकमात्र त्यस्ता नायक हुन्, जसको फिल्म ुदिलवाले दुल्हनिया ले जाएगेुं झण्डै २० वर्षसम्म एकै सिनेमा घरमा लगातार चलेको थियो ।

७। ुरोमान्स किंगुको छविपछि एक्सन फिल्ममा देखिन थालेका उनका पछिल्ला दुई फिल्म ुचेन्नइ एक्सप्रेसु र ुह्याप्पी न्यू इयरुले बक्स अफिसमा कमार्इको नयाँ रेकर्ड बनाएका थिए ।

८। एक्लो मिहेनत र परिश्रमकै कारण पारिवारिक आशिर्वाद बिना यो उचार्इमा पुग्ने उनि एकमात्र भारतिय कलाकार हुन् ।

९। फिल्म, क्रिकेट टिम, प्रोडक्सन कम्पनीको कारण मात्र नभई विज्ञापनबाट समेत उनको कमार्इ अत्याधिक छ । भारत तथा विश्वका धेरै टप ब्राण्डका लागि विज्ञापन खेलिसकेका उनि विज्ञापनबाटै सर्वाधिक आम्दानी गर्ने गर्छन ।

१०। शाहरुखको पहिलो कमाई ५० रुपैयाँ थियो । उनले पंकज उदासको कन्सर्टमा काम गरेर ५० रुपैयाँ कमाइ गरेका थिए ।

प्रतिक्रिया