हाम्रो पार्टीद्वारा उम्मेदवार घोषणा गरेको सम्बन्धमा

इनेप्लिज २०७४ कार्तिक १२ गते १०:३३ मा प्रकाशित
प्रेस विज्ञप्ति
 प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हाम्रो पार्टीबाट काठमाण्डौको लागि उम्मेदवारहरुको घोषणा
 आज भन्दा ६७ बर्ष अघि हाम्रो देशमा प्रजातन्त्र आउंदा समृद्धीमा हामीभन्दा पछाडी रहेका कैयौं देशहरु विकसित भैसक्दा पनि हाम्रो देश भने झन् जर्जर स्थितिमा पुगेको छ। यसको मूल कारण नै देश बनाउनु पर्ने राजनैतिक नेतृत्वकर्ताहरु व्यक्तिगत स्वार्थमा तल्लिन हुनु हो। पार्टीको माथिल्लो तहमा पुगिसकेपछि शक्तिको दुरुपयोग गरेर पद्धति पालना गर्नुको सट्टा व्यक्तिगत स्वार्थ पुरा गर्नतिर लाग्ने तथा आफूलाई नै सर्वेसर्वा मान्ने अनि यसो गर्दा पार्टीमा भएकाहरुलाई थाहा नहुने वा थाहा भईहाले पनि आवाज नउठाउने प्रवृत्ति स्थापित हुन जान्छ। पार्टी भित्र पद्धति मिच्ने बानी परेकोले देशको नेतृत्व गर्ने तहमा पुगिसकेपछि पद्धति मिचेर काम गर्न अझ मनोबल बढ्छ अनि व्यक्तिगत स्वार्थ पुरा गर्न तिर लाग्ने हुन्छ । जसले गर्दा देश समृद्ध हुनुको साटो झन् जर्जर बन्दै जान्छ।
यस्तो स्थिति अब पनि नआओस् भन्ने ध्येयका साथ एक व्यक्ति एक पद, आन्तरिक निर्वाचनबाट उम्मेदवार छनौट, उम्मेदवारलाई राजनैतिक मुद्दा छनौटमा छुट लगायतका उदार नीति अबलम्बन गरेको तथा १२ कक्षासम्म निशुल्क शिक्षा, सरलिकृत  कर प्रणाली, एक घण्टामा नै ब्यबसाय दर्ता र आर्थिक अवस्थाको आधारमा आरक्षण जस्ता नीति अबलम्बन हुनु पर्ने मान्यता भएको प्रगतिशील पुंजिबादमा विश्वास गर्ने दलको हैसियतले हाम्रो पार्टीले काठमाण्डौको निम्नानुसारको निर्बाचन क्षेत्रमा प्रतिनिधिसभाको लागि उम्मेदवारीको घोषणा गर्दछ :-
काठमाण्डौ प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं १ – मणिन्द्र उपाध्याय
काठमाण्डौ प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ – शोभिता घिमिरे
काठमाण्डौ प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं ३ – गीता शर्मा
काठमाण्डौ प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं ४ – दीप बिक्रम बिस्ट
काठमाण्डौ प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं ५ – करमविर बस्नेत (के.वि)
धन्यवाद सहित
मणिन्द्र घिमिरे

प्रतिक्रिया