डिसीमा ४५ फिट अग्लो नग्न मुर्ति राख्न नदिने

इनेप्लिज २०७४ कार्तिक ९ गते २३:४२ मा प्रकाशित

क्यालिफोर्निया मा बन्दै गरेको ४५ फिट अग्लो नग्न महिलाको मुर्ति वाशिंगटन मोनुमेन्ट (स्मारक ) नजदिक राखिने भनेता पनि उक्त मुर्ति राख्न नदिने भएको छ  l आज अक्टोबर २६ तारिख बिहिबार बिहान राष्ट्रिय पार्क सेवा द्वारा जारी बक्तब्यमा उक्त कुरा अस्विकार गरेको छ l

डिसी को नेसनल पार्क सर्भिस ( राष्ट्रिय उद्यान सेवा )ले आयोजक समुहलाई उनीहरुको प्रस्तावलाई अस्विकार गरेको छ l उक्त भनिएको मूर्ति डीसी स्थित नेसनल मल नजिक केहि समयको लागि राखिने भएको थियो l

आर -इभोलुसन नामक मुर्ति क्यालिफोर्नियाको सन फ्रान्सिस्को बाट नोवेम्बर महिनामा ल्याईने भएको थियो l आयोजकलाई डीसी राष्ट्रिय पार्क सेवा ले अनुमति समेत दिएको र उक्त मुर्ति को मुख राष्ट्रपति भवन (व्हाइट हाउस) तर्फ फर्कने समेत तय गरिएको थियो l नेसनल पार्क सर्भिसले उक्त मुर्तिले डीसी स्थित बिशाल बजार को घाँस र माटो समेत बिगार्ने जनाएको खबर डब्लुटिओपी मा छ l

यसको अतिरिक्त, मूर्तिको उचाइले “एक दृश्य तत्व उत्पन्न गराउछ जसले राष्ट्रिय उद्यानपथको परिदृश्य र ऐतिहासिक स्वरुप परिवर्तन गरेर सम्पत्तिको महत्त्वपूर्ण ऐतिहासिक विशेषताहरू घटाउँनेछ,” भनि राष्ट्रिय पार्क सेवाका प्रवक्ता माइक लिट्टेस्टले भनेका छन् l

यो बिशाल मुर्ति स्टिल छड बाट बनिएको छ भने यो मुर्ति क्यालिफोर्निया देखि डीसी सम्मको ढुवानी खर्च मात्र $ ९० हजार डलर राशी बराबर लाग्ने भएको थियो  l मुर्ति नोवेम्बर ९ देखि नोवेम्बर १२ सम्म राखिने र २०१८ को मार्च सम्म रहने भएको थियो l

प्रतिक्रिया