विभिन्न दलका नेता कार्यकर्ता काँग्रेस प्रवेश

इनेप्लिज २०७४ कार्तिक ९ गते १७:४६ मा प्रकाशित

काठमाडौँ, ९ कात्तिक : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकोे पूर्वसन्ध्यामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालका सयौँ नेता कार्यकर्ता आज नेपाली काँग्रेसमा प्रवेश गेका छन् ।

फोरमका उपमहासचिव एवं निर्वतमान सांसद अभिषेकप्रताप शाह काँग्रेस प्रवेश गर्नुभएको काँग्रेसले जनाएको छ । उहाँलाई काँग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमका बीच पार्टीमा स्वागत गर्नुभएको थियो ।

आजै रामेछापका एमाले र माओवादी केन्द्रका दुई सय कार्यकर्ता पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले उहाँहरुलाई टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको प्रधानमन्त्रीका सञ्चारविज्ञ गोविन्द परियारले जानकारी दिनुभयो ।

यसैबीच आगामी निर्वाचनमा चुनावी तालमेलका लागि लोकतान्त्रिक गठबन्धनको कार्यदलले उम्मेदवार चयनका सम्बन्धमा छलफल गरेको छ । कार्यदलको आज बसेको बैठकले सहमतिमै उम्मेदवार टुंग्याउने सहमति भएको र शीघ्र उम्मेदवारको टुङ्गो लाग्ने बताइएको छ ।

प्रतिक्रिया