ऋचाको आईडिलाई किन यसो गर्यो फेसबुकले ? हेर्नुस यसरी हुदैछ आत्महत्याको अनुसन्धान (भिडियो सहित)

इनेप्लिज २०७४ कार्तिक ७ गते ८:४२ मा प्रकाशित
कार्तिक ७ (सुवास संकल्प), ईटहरी,
भनिन्छ राम्रो मान्छेको आयु छोटो हुन्छ । सायद यस्तै नै भयो ऋचा सेढाईलाई । पढाईमा पनि राम्री अनि सुन्दरतामा पनि चमक भएकी ऋचालाई यो दुनियाले धेरै जोगाउन सकेन । प्लस टु को अध्ययन सकेर बसेकी झापा विर्तामोडकी २० वर्षीया ऋचा सेढाइँ आइतबार दिउँसो आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परे पछि सबै शोक मग्न भए । उनले किन आत्महत्या गरिन भन्ने अहिले सम्म पनि खुल्न सकेको छैन । उनलाई फेसबुकले पनि Remembering मा राखिसकेको छ । सम्बन्धित आईडी प्रयोगकर्ताको मृत्यु भएको प्रमाणित भएपछि फेसबुकले यसो गर्नेगर्छ ।
केही समय अगाडि र्याप गायक याम बुद्धले आत्महत्या गर्दा उनले बिश्वास नै लाग्न नसकेको निराशाजनक पोस्ट फेसबुकमा लेखेकी थिइन भने अहिले उनी आफैले आत्महत्या गर्दा घटनास्थलमा प्रहरीले सुसाइड नोट पनि फेला पारेको छैन । ऋचाको मोबाइलमा उनले सम्पर्क गरेको फोन र आएको फोनको लग भने डिलिट गरेको अवस्थामा पाइएको छ । उनलाई अन्तिम पटक कसले फोन गर्यो भन्ने सम्म मोबाईलबाट खुल्न सकेको छैन । तर प्रहरिले कल डिटेल निकालेर अनुसन्धान सुरु गरेको छ । ऋचाका बुवा सामान्य होटेल व्यवसायी हुन् । ऋचा यसपछिको पढाइ एमबिबिएस गर्न चाहन्थिन् । धेरैले एमबिबिएस पढ्ने पैसा नभएर सुसाइड गरेको अड्कलबाजी गरे पनि प्रहरी भने मृत्युको कारण यही मात्र नहुने दावी गरिरहेको छ ।

https://www.youtube.com/watch?time_continue=1&v=qeGc-lSDgug

प्रतिक्रिया