“पोल्याण्डको वारसवामा तिहार कार्यक्रम सम्पन्न “
इनेप्लिज
२०७४ कार्तिक ७ गते ८:१९ मा प्रकाशित
कार्तिक ५ ,नेपाली प्रबासी मंच पोल्याण्ड द्वारा युरोप स्थित पोल्याण्डको राजधानी वारसवा लुसिड क्लबमा बिजया दशमी तथा दिपावलीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ! पोल्याण्डमा रहेका समस्त नेपालीलाई आफ्नो नेपाली ,भाषा ,शैली ,कला,चाडपर्ब आदिको झल्को मेटाउने उक्त कार्यक्रममा तीन सय जना भन्दा बढी नेपाली समुदायको उपस्थिति रहेको थियो !कार्यक्रमको सभापतिको भूमिका प्रबासी मंचका का. बा. अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो भने प्रमुख अथितिको रुपमा गैर आवासीय नेपाली संघका निबर्तमान अध्यक्ष
डा.बोधराज सुबेदी हुनुहुन्थ्यो.!कार्यक्रममा अथितिको रुपमा प्रबासी नेपाली मंचका उपाध्यक्ष अक्षय रिजाल ,नेपाली काँग्रेस जनसम्पर्क समिति
अध्यक्ष
डा.एलिनी पोखरेल सुबेदी , अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज केन्द्रीय उपाध्यक्ष एबम् पानी अभियानकर्ता मित्रलाल पार्दे,नेपाली प्रबासी मंच पोल्याण्डका निबर्तमान अध्यक्ष टंक बहादुर कटवाल आदिको उपस्थिति थियो! कार्यक्रम संचालकको भूमिकामा मंचको सचिब श्री बिनोद आचार्य हुनुहुन्थ्यो भने कार्यक्रम संयोजनको भूमिका प्रबासी मंचको सचिब प्रदिप अधिकारीले निभाउनुभएको थियो!
कार्यक्रममा विभिन्न क्षेत्रबाट पाल्नुभएका बिभिन्न अतिथिहरुले आ आफ्नो तिहार शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

हालसालै दिनहरुमा नेपाली कार्यक्रमहरुमा उल्लेख्य मात्रामा नेपाली तथा विदेशीहरुको जमघट बढ्दै गइरहेको छ ।

उक्त कार्यक्रममा पनि नेपालीहरुको ठुलो जमघट भएको थियो । कार्यक्रम मा नेपाली राष्ट्रिय गीतको साथै पोल्याण्डको राष्ट्रिय गीतमा पनि सहभागीहरुले देशप्रति सम्मान ब्यक्त गरेका थिए! पोल्याण्ड भरिबाट करिब ३५० को हाराहारीमा नेपाली समुदयले सहभागिता जनाएका थिए!कार्यक्रमको आकर्षणमा नृत्य तथा गायन प्रतियोगिता र कमिटिको तर्फबाट प्रस्तुत देउसी भैलो गीत थियो! गायन तर्फ प्रथम ,दृतिय र तृतीय स्थान क्रमश सन्तोष अधिकारी,संगम राइ र बिबेक ले हात पार्नुभयो भने नृत्य तर्फ रिय सुनुवार ,संजय शर्मा तथा मंजिना नापित क्रमश प्रथम ,दृतिय र तृतीय हुनु भयो ! नेपाली प्रबासी मंचको तर्फबाट दुवै विधामा प्रथम ,दृतिय तथा तृतीय हुनेलाइ क्रमस ५००,३००,र २०० ज्लोटी बराबरको गिफ्ट हम्पर प्रधान गरिएको थियो ! पोल्याण्ड मा रहनुहुने आन्या कलाकारहरु रुपेश यादव ,भवन अधिकारी ,तुलसी शाही ,रोहन तामाङ्ग, त्रिसना अधिकारी आदिले आ आफ्नो प्रस्तुति दिनु भएको थियो! त्यसैगरी कार्यक्रमलाइ प्रयोजन गर्ने कम्पनीहरु अबाईड ग्रुप,म्याजिक मसला ,बटुका ओरिजिनल ,ह्य्दत लिमिटेड ,अरोमा एंड टेस्ट ,लिटल इंडिया आदिलाई प्रमाणपत्र प्रधान गरिएको थियो!
प्रतिक्रिया