अमेरिका नेपाल सोसाइटीको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ कार्तिक ५ गते २०:५९ मा प्रकाशित

उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी डिसीको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ l

आज अक्टोबर २२ तारिख डिसी क्षेत्रको भर्जिनिया को फल्स चर्च स्थित एक पुस्तकालयमा औपचारिक सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम विधिवत रुपमा सम्पन्न भएको छ l कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त ठाकुर पुडासैनी (बिद्या वारिधि ), निर्वाचन आयुक्त माधवी बस्नेत कार्की तथा निर्वाचन आयुक्त इन्द्र श्रेष्ठ तथा समुदायको उपस्थित बीच सबै सबै उम्मेदवारहरुले सपथ ग्रहण लिएका थिए l प्रमुख निर्वाचन आयुक्त डा पुडासैनी ले चुनाव अत्यन्तै राम्रो संग सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका थिए l

निर्वाचित अध्यक्ष प्रभा भट्टराई देउजा ,प्रथम उपाध्यक्ष प्रा बिष्णु घिमिरे, द्वितीय उपाध्यक्ष कृष्ण अधिकारी, महासचिव सुदिप पोख्रेल ,कोषाध्यक्ष शुभ शाक्य संचार संयोजकमा निलु उप्रेतीले पदको सपथ ग्रहण लिएका थिए भने सचिब अन्जना बुढाथोकी सापकोटा उपस्थित थिइनन् l

महा सचिब प्रेम पौडेलले कार्यक्रम संचालन गरेका थिए भने उनले महा सचिवको प्रतिबेदन ,संस्थाको ऐतिहासिक पृष्ठ भुमि र आफ्नो कार्यकालमा भएका काम को बारेमा संक्षेपमा प्रकाश पारेका थिए l यसै गरि कोषाध्यक्ष यसोदा भण्डारीले पनि कोषाध्यक्षको प्रतिबेदन छोटो रुपमा प्रस्तुत गरेकी थिईन् l

कार्यक्रमको अध्यक्षता जीवन तिवारीले गरेका थिए भने तिवारीले नया समितिलाई शुभकामना दिदै आफ्नो कार्यकालमा अलिक पृथक काम गरेको बारेमा बोलेका थिए भने आफ्ना सबै समितिका पदाधिकारीलाई माया को चिनो प्रदान गरेका थिए l

सम्पूर्ण संस्थाको तर्फ बाट एएनए का अध्यक्ष मेदिनी अधिकारीले शुभकामना मन्तब्य दिदै कसरि अमेरिकन सरकार संग फाईदा लिन सकिन्छ भन्ने बताउदै एएनएसले यस्ता प्रकारका सल्लाह र सुझाव मागे आफुले सहयोग गर्ने बताए l

कार्यक्रममा नव निर्वाचित अध्यक्ष प्रभा भट्टराई देउजाले सबै लाई एक मुष्ठ धन्यवाद दिदै आफुले सबैको सहयोग लिएर अमेरिकन पद्धति अनुसार काम गर्ने बताइन l यसै गरि प्रथम उपाध्यक्ष प्रा बिष्णु घिमिरे, द्वितीय उपाध्यक्ष कृष्ण अधिकारी, महासचिव सुदिप पोख्रेल ,कोषाध्यक्ष शुभ शाक्य संचार संयोजक निलु उप्रेतीले पनि छोटो मन्तब्य राखेका थिए l

निर्वाचनमा कसैले कसैलाई मतदान गर्न नआएको भन्दै अमेरिका नेपाल सोसाइटीलाई माया गर्न आएको हो भन्ने विचार राखेका थिए l अध्यक्ष लगायत सबै नव निर्वाचित पदाधिकारीले सबै लाई समेट्ने कुरामा जोड दिएका थिए l

तस्बिर सहयोग :सुनिल मणि दाहाल तथा केदार प्रसाद तिम्सिना

प्रतिक्रिया