परदेशीलाई तिहारको उपहार दिँदा रोए ताराबीर (भिडियो सहित)
इनेप्लिज
२०७४ असोज ३१ गते ८:५६ मा प्रकाशित
काठमाडौं । नेपालीहरुको पहिलो ठूलो चाड वडा दशैंले सबैबाट बिदा लिएको छ भने दोश्रो ठूलो चाड दीपावली पनि सुरु भई सकेको छ । दशैंमा घर पुग्न नसकेकाहरु देश विदेशबाट आफ्नो गाउँघरमा फर्कि रहेका छन् भने विविध कारणले घर फर्किन नसकेकाहरु आफ्नो विगतको तिहार सम्झेर रोई रहेका पनि छन् । कोही विदेशबाट नै आफ्ना चेलीबेटीलाई सम्झाई रहेका छन् । यस्तैमा हाल लगातार साँगीतिक प्रस्तुति दिदै व्यस्त रहेका गायक तथा संगीतकार ताराबीर पाण्डेले पनि तिहारको अवसरमा एउटा उपहार दिदै रोएका छन् अर्थात बिदेशिएका युवा र स्वदेशमा भएकी चेलीको पिडा समेटिएको कोशेली सार्वजनिक गरेका छन् । पाण्डे स्वयमको संगीत र स्वर रहेको परदेशीलाई तिहार बोलको उक्त उक्त गीतको शब्द दिलीप घिमिरेले लेखेका हुन् । त्यसै गरी गीतको एरेञ्ज शाम लिम्बुले गरेका छन् ।

झट्ट हेर्दा नै तिहारको स्पष्ट झल्को दिने गरी खिचिएको उक्त गीतको भिडियोमा रमेश तिवारी, रुपा कट्टेल र तस्मिना आचार्यले अभिनय गरेका छन् । तिलक रिजालको छायाँकन रहेको भिडियोको सम्पादन तथा निर्देशन ज्ञानेन्द्र कोईरालाले गरेका छन् । उक्त गीतको भिडियो सेल्फी मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
बाँकी भिडियोमा हेर्नुहोस्
https://www.youtube.com/watch?time_continue=1&v=-FTi2HMWTt4
प्रतिक्रिया