अमेरिकाका सिपिए (प्रमाणित जन लेखापाल )पेसामा आबद्ध एक बहादुर क्षत्रीले अमेरिका बाट संचालित ईनेप्लिज मा कागजी नोट खारेज गरौँ ,भ्रष्टाचार तथा तस्करी हटाउँ भन्ने बिषयमा लेख लेखे l उक्त लेख निकै चर्चा परिचर्चामा रह्यो l पाठकले रुचाए l
हुन् त भ्रष्टाचारले बिश्व नै तहस नहस गरेको छ l कहिले निर्मुल नहुने यो चिज अझ झ्यांगिदै गै रहेको छ l हाम्रो मुलक मा पनि जरो गाडेको छ l यसै बिषय माथि लेखक क्षत्रीले कलम चलाए पछि केहि सकारात्मक प्रतिक्रिया आयो l नेपाला मा यस सम्बन्धि थुप्रै संस्थाहरु काम गरि रहेका छन् l
शुक्रबार व्यवस्थापिका संसदको अन्तिम बैठक बस्दैछ l संसदको बैठक सारेर भए पनि विद्युतीय मुद्रा प्रचलनमा ल्याउँदा भ्रष्टाचार शून्यमा झर्ने हुनाले नेपाली कांग्रेसका तीन सांसदले विद्युतीय मुद्रा प्रणाली लागू गर्न माग राख्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव सोमबार संसदमा दर्ता गराएकाले यस बिषयमा गम्भीर हुन् जरुरि छ l
उनीहरुले दर्ता गरेको प्रस्ताव अनुसार काम गर्न संसद र सरकार राजी भए नेपालमा केही वर्षमै विद्युतीय भुक्तानी लागु भई हरेक कारोबार पारदर्शी हुनेछ । यसबाट भ्रष्टाचार शून्यमा झार्न सकिन्छ भन्ने कुराहरु पेश गरेका छन् l
कांग्रेसका सांसद धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियारले विद्युतीय मुद्रा प्रचलनमा ल्याउँदा व्यक्तिको आर्थिक कारोबार पारदर्शी हुने उल्लेख गर्दै प्रस्ताव दर्ता गराएका हुन् ।
आमरण अनसनरत डा. गोविन्द केसीले सरकारले ल्याएको संशोधनसहित चिकित्सा शिक्षा विधेयक पास गर्न आहृवान गरेका छन् l डा. केसीले विशेष अधिकार प्रयोग गरेर भएपनि भोलिको बैठकमा विधेयक पेश गर्न सभामुखलाई आग्रह गरेका छन् l
डा केसी भ्रष्टाचार बिरुद्ध १३ पटक आम अनसनमा बसेका छन् l यसै गरि सर्वोच्च अदालत कि पूर्व प्रधान न्यायाधिस शुशिला कार्कीले भ्रष्टाचारीलाई खोजि खोजि तह लगाउन उनले गरेको कारवाही बाट बिचलित भएर उनि माथि महाअभियोग दर्ता गर्यो l
राज्यका सबै निकायमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्ने उपाय हुने दाबी गर्दै कागजी नोट मुद्राको प्रचलनलाई विद्युतीय मुद्राले पूर्णरुपमा प्रतिस्थापना गर्ने विकल्प रहेको कांग्रेसका सांसद धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियारले दावी गरेका छन् l
उनीहरुले सिक्का वा नोट मुद्राको सट्टा बैंक कारोबारबाट हुने र त्यसले व्यक्तिको तलब, निवृति भरण , लाभांश, विदेशबाट पठाएको रकम, ऋण लिएको तथा अन्य आम्दानीको हिसाबकिताब विद्युतीय हस्तान्तरण अर्थात् क्रेडिट (उधारो )वा डेविट (नगद पत्र )कार्डको प्रयोगबाट हुनेछ । जसले गर्दा प्रत्येक व्यक्तिको आम्दानी र खर्च पारदर्शी हुने भएकाले कुनै किसिमको भ्रष्टाचारजन्य कार्यको नियन्त्रण भई लोककल्याणकारी राज्य स्थापना गर्न सकिने उनीहरुको दाबी छ।
एक बहादुर क्षत्रीले लेख मार्फत यस्ता सुझाब समेत दिएका थिए l
केही सुझावहरु निम्न छन् :
१. आर्थिक करोबारको लागी प्रत्येक योग्य नेपाली वा गैर नेपालीको कुनै बैँकमा खाता खोली एक–एक वटा डेबिट कार्ड र चेकबुक वितरण गर्ने ।
२ं. प्रत्येक विक्रेता वा सेवा प्रदान गर्ने उद्योग, व्यापारी, सामाजिक तथा धार्मिक निकाय, सरकारलाई डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गर्ने विद्युतिय कार्डरिडर बैँकसँग आवद्ध गरी लिन लगाउने ।
३. शुरुमा विद्युत, टेलिफोन र बैँकिङ सुविधा भएका स्थानीय तहहरुमा तीन महिनाको कार्ययोजना बनाई लागु गर्ने । सम्पूर्ण र आंशिक सुविधा नभएका स्थानीय तहहरुमा क्रमिक रुपले लागु गर्दै जाने । सुविधा नभएका स्थानीय तहहरुमा पनि व्यापारीले व्यापारीबाट खरिद गर्दा विद्युतिय मुद्रा, चेक प्रयोग गर्न पर्ने र विक्रीको रेकर्ड राख्न पर्ने जस्ता उपयुक्त व्यवस्था गर्ने । कारोबारको सीमा तोक्ने र उक्त सीमा पनि क्रमिक रुपले घटाउँदै लाने । नाजायज तरिकाले कारोबार भई राखेको अनुगमन गर्ने । अति दुर्गम साविकका गा.वि.स. हरुमा सिमित बैकिङ्ग शुरुवात गर्ने ।
४. कार्डहोल्डर र बैँक खातावालको खातामा सुगम तरिकाले तलब, व्याज, भन्सार, पेन्सन आदि जम्मा हुने व्यवस्था गर्ने र कुनै एक बैँकबाट अर्को बैँकका खातामा रकम जम्मा गर्दा यथासिघ्र फोन वा इन्टरनेटको व्यवस्थाबाट गर्न मिल्ने व्यवस्था गर्ने ।
५. चेकबाट भुक्तानी गरिने रकम पनि कालान्तरमा सजिलै फोटोचेकको रुपमा आफ्नो बैँक खाताको आधारमा आफ्नो बैँक खातामा जम्मा गर्ने व्यवस्था गर्ने ।
६. ठूला मूल्यका नोट जारी गरे बेँकलाई मात्र प्रयोग गर्न लगाउने । बहुमूल्य सिक्काहरुको उपयोग अनुमति लिई रेकर्ड हुनेगरी प्रयोग गर्न दिने व्यवस्था गर्ने । साथै कार्डको प्रयोग हुन नसक्ने सानो, नाङलो व्यापार वा कृषि र हाट बजारको लागी सम्मका नोटहरुलाई हद तोकी अनुमति लिई सिमित कारोबार गराउने ।
७. प्रत्येक ५००÷१००० जनता वा १ कि.मी. दुरी भित्र बैँक वा बैँक एजेन्टको व्यवस्था गरी चेक संकलन र सामान्य बैकिङ्ग सेवा प्रदान तोकिएको बैँकबाट गराउने ।
सो इकाईले हुलाक व्यवस्था नभएको हुँदा बैँकको सुचना पत्र ग्राहककहाँ पु¥याउने व्यवस्था गर्ने ।
प्रतिक्रिया