विश्व माझ चर्चा र परिचर्चाको विषय बन्नु ठूलै काम गर्नु पदैनन् । कहिलेकाही सानो कामको पनि चर्चा र परिचर्चा हुन्छ । कही कतै उपलब्धी केही नभईरहेको समयमा सानो कामले विशेष स्थान पाउँछन । आज यस्तै स्थान पाएको छ, नेपालको विश्व पर्यटन दिवसले । आफु अनुकुलको निर्णय गर्ने वानी परेका हाम्रो सम्बन्धीत ब्यक्तिहले यो वर्षको विश्व पर्यटन दिवस २ दिन अघि नै मनाएका छन । कुनै पनि कामको एउटा तिथि र मिति तोकिएको हुन्छ, त्यसलाई कसैले अघि पछि ग¥यो भने त्यो भन्दा ठूलो गल्ति अरु केही हुदैन । विश्व पर्यटन दिवस प्रत्येक वर्षको सेप्टेम्बर २७ मा मनाईदै आएको छ, भने नेपालमा सेम्टेम्बर २५ मा नै मनाईएको छ । आयोजक पक्षले विभिन्न कारणहरु देखाउदै प्रत्येक वर्ष खुल्ला प्रांगणमा मनाईदै आएको यो दिवस नेपाल पर्यटन बोर्डले आफ्नै बोर्डमा औपचारीक कार्यक्रम ३८ र्औ विश्व पर्यटन दिवस मनाएको छ । हिन्दुहरुको महान चाडपर्वको बाहाना बनाई यो दिवस एउटा सीमित वोर्डमा गरियो ।
यो कार्यक्रमले पर्यटनको लागि नेपाल माल भएर पनि चाल नपाएको भन्ने बुझाउछ । राज्यले पर्यटन क्षेत्रको विकास ग¥यो भने देशको आर्थिक समृद्धि हुन्छ, पर्यटनबाट आएको मुद्राले देशको आर्थिकमा टेवा पु¥याउछ भन्ने बुझेको छ तर त्यस्तो काममा कहिल्यै प्राथमिकता पारेन । त्यसैले हाम्रो देशमा भएका ऐतिहासिक, पुरातात्विक सम्पदाहरुलाई विश्वमाझ चिनाउन सकिएको छैन । पर्यटनको लागि नेपाल एउटा प्रमुख गन्तब्य हो । प्रचार प्रसारका कारण हाम्रा पर्यटकीय स्थालहरु ओझेलमा छन । राज्यले पनि पर्यटन क्षेत्रको विकासलामा ध्यान पु¥याउ सकेको छैन । दिवसको अवसर पारेर देशभर विभिन्न कार्यक्रम गरी आफ्ना गाउँ गाउँमा भएका पर्यटन क्षेत्रको प्रचार प्रसार गरी यो दिवसलाई भब्य र तब्यका साथ मनाउ सकिने थियो । समय र परिस्थिका कारण भन्दै सवैलाई थाहा नहुने गरी यो दिवस मनाइयो । यसले गर्दा पर्यटन क्षेत्रमा केही असर पर्ने छ । एउटा एकान्त ठाउँबाट विश्व पर्यटन दिवसलाई १९ दिन सम्म लगातार विभिन्न कार्यक्रम गर्ने भनि सार्वजनिक त ग¥यो तर यो फलदायिक छैन । किन भने पहिलो दिनले नै पर्यटन दिवसको मुल मर्मलाई विर्सिएको छ । नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, साँस्कृतिक पर्यटन तथा नागरिक उडुयन मन्त्रालय विभिन्न संघ÷संस्था, ब्यवसायीहरु लगाएत पर्यटन सम्बन्धी काम गर्ने विविधले पर्यटन दिवसलाई भब्यताका साथ मनाउने भनिएको छ । सम्बन्धीत पक्षले यस्तो भनिरहदा आम नेपालीहरुलाई भने ‘कागलाई वेल पाक्यो हर्षन विस्मात’ जस्तै भएको छ । गर्ने वेला सम्बन्धीत पक्षले दिवसको झारो टार्ने काम गरेको छ । आउने वर्षहरुलाई लक्षित गदैं महत्वकांक्षी योजनाहरु पनि सार्वजनिक गरेको छ । जसमा सन २०२० सम्म नेपालमा २० लाख पर्यटन भित्राउने भनिएको छ । यो कति सफल होला ? कति असफल होल ? त्यो त भोलिका दिनले नै देखाउने । यो वर्षको गरिएको विश्व पर्यटन दिवसले राम्रो सन्देश दिने छैन । वेला न कुवेला गरको दिवसको कुनै अर्थ राखेन ।
दिवसको अवसर पारेर पर्यटनको क्षेत्रमा काम गर्नेहरुलाई सम्मान गरेको छ । तर वास्तविक सम्मान पाउनेहरुलाई सम्मान दिईएको छैन । दिवसको अवसरमा धादिङको सिद्धलेक सलाङ गाउँ, स्याङजाको पित्लेक गाउँ र मकवानपुरको कुन्छाल गाउँलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा गरिएको छ । यो हाम्रो लागि राम्रो काम भए पनि समग्र देशभित्र रहेका पर्यटन क्षेत्रहरुलाई समेट्न सकिएको छैन । पर्यटनको लागि आकर्षण मानिने स्थानहरु छुटेका छन । होटल एसोसियसन नेपालले आफ्ना सदस्य होटलहरुमा पर्यटन दिवसको योजनामा होटलहरुले १५ प्रतिशत छुट समेटको ब्यवस्था गरिएको बताईएको छ । दिवसको अवसरमा नेपाल पर्वतारोहण संघले पनि आफ्ना पीकमा निशुःक आरोहणको ब्यवस्था गरेको छ । पर्यटन स्थानहरुमा निशुल्क प्रवेश गर्ने भनिएको छ । दिवसमा रक्तदानदेखि सरसफाई सम्मका कामहरु गर्ने राखिएको छ । यसले नेपालमा आउने पर्यटनलाई केही हदसम्म सहयोग पुग्ने छ ।
लेखक नेपाल पत्रकार महासंघ दैलेख शाखाका कोषाध्यक्ष हुन ।
सम्पर्क नम्बर : +9779844812361
इमेल : [email protected]
प्रतिक्रिया