नागरिकहरुले नाराणहिटी राजदरबारमा राजा ज्ञानेन्द्रलाई फर्काउनु पर्ने आवश्यकता ।

इनेप्लिज २०७४ असोज १ गते ८:४६ मा प्रकाशित

नेपाली नागरिकहरुले राजा ज्ञानेन्द्र शाहलाई पुन ः नारायणहिटी राजदरबार भित्र फर्काउनुपर्ने आवश्यकता रहेको छ । विशेष गरी काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका नागरिकहरुले राजालाई नारायणहिटी राजदरबार फर्काउन जोड गर्नु पर्दछ । राजा विनाको राज्य अभिभावक नभए जस्तो लगाम विनाको घोडा जस्तै महशुस हुन लागेको छ । मुलुक अभिभावक हिन भएको छ । नेपाल बासीहरुले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के छ भने वि.सं.२०४७ सालको संविधान मरेको छैन । अझै जिवित अवस्थामा छ ।

वि.सं. २०६२÷२०६३ सालको जनआन्दोलन पश्चात् प्रधानमन्त्री, मन्त्री, सांसद र राजनैतिक दलहरुका नेताहरुले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नामको दुरुपयोग गरे । वि.संं. २०६२÷२०६३ साल देखि वि.सं. २०७४ साल आजसम्म सेवा सुविधाहरु, तलव र भत्ता लिएर राज्यकोष ढुकुटी दुरुपयोग गर्दै आईरहेका छन् । नेपाली नागरिकहरुले आज सम्म के उपलब्धी हासिल गरे ? उल्टै नाकाबन्दीमा दु ःख र कष्टकर जीवन यापन व्यतीत गर्नु प¥यो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नामको दुरुपयोग गरी आय आर्जन र फलिफाप कसलाई भयो भने यिनै प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलहरुका नेताहरुलाई मात्र भयो । आजसम्म मुलुकको विकास र हित हुने काम के भएको छ र ?संघीयता हाम्रो मुलुकका लागि अफाब हो ।

पहिले एउटा राजाले राज्यकोष ढुकुटी खाएको देखिन्थ्यो । अहिले ६०१ जनाले राज्यकोष ढुकुटी खाइरहेका छन् । राजाले खाए बराबरको राज्यकोष ढुकुटी र सेवा सुविधाहरु राष्ट्रपति एक्लैले र उपराष्ट्रपति एक्लैले खाईरहेका छन् । प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलहरुका नेताहरुबाट राजाले भन्दा पनि अति नै उल्लेखनिय, शोभनिय र महत्वपूर्ण कार्यहरु गरेको भए देखि अझै पनि राजा भनेर मरिमेट्ने को थियो र ? राजाको पालामा २०५ सांसद संख्या हुन्थ्यो तर नेताहरुको पालमा ६०१ सभासद (सांसद) र ५४ सम्म मन्त्रि संख्या रहेको छ । लुट्न सम्म लुटे नेताहरुले मुलुकलाई बर्बाद पारेर नै छाडे । मुलुकमा के नै छ र ? युवा र युवतीहरु विदेशतिर पलायन भएको अवस्था छ ।

मुलुकमा एशियन हाईवेको मापदण्ड जस्ता जे जति भिजन र राम्रा राम्रा दिर्घकालिन मुलुकको संरचना, बनावट, भौगोलिक आधारमा मुलुकको भु–भागको वर्गिकरण र सोचहरु श्री ५ महेन्द्र शाहको हो । हाम्रो मुलुक आजसम्म श्री ५ महेन्द्र शाहको योजना, डिजाईन, संरचना, वर्गिकरण र सोचले चलेको थियो । आजसम्म मुलुकमा प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलहरुका नेताहरुको नया“ भिजन के नै छ र ? प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलहरुको नेताहरुले मुलुकको सम्पत्ति र संरचनाहरुलाई ध्वस्त पार्न मात्र जाने ।

श्री ५ महेन्द्र शाहले हिमाल, पहाड र तराईको वर्गिकरण भौगोलिकको आधार र वनावटमा १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्षेत्र भविष्य सम्मका लागि सोच राखेर बनाएको तर हाम्रो मुलुकका गद्धार र राष्ट्रघाती प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलहरुका नेताहरुले देख्न सकेनन् । यसकारण ७ प्रदेश र ७७ जिल्ला कायम गर्न लागेका छन् । यसले मुलुकलाई घात गर्नेछ । श्री ५ महेन्द्र शाह दिर्घकालिन सम्मको सोच र भिजन भएका क्षमतावान राजा थिए । श्री ५ महेन्द्र शाहले हिमाल, पहाड र तराईको वर्गिकरण भौगोलिकको आधार र बनावटमा नै १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्षेत्र बनाएका थिए । जुन अति सुहाउ“दो र वैज्ञानिककरण छ । त्यति बेला पनि वैज्ञानिक, भुगोलविद्ध र इन्जिनियरहरुसंग परामर्श र सरसल्लाह र सुझावहरु लिएर नै मुलुकको भु–भागलाई वर्गिकरण गरिएको थियो । कुरा यति मात्र हो की ५ वटा विकास क्षेत्र विकेन्द्रिकरण भएर पनि केन्द्रिकरण भइरहयो मात्र हो । श्री ५ महेन्द्र शाहले आफ्नो हिसाबले ठिक्कै गरेका हुन । मुलुकको जनसंख्या बढ्दै गएपछि यसमा सुधार श्री ५ विरेन्द्र शाह र श्री ५ ज्ञानेन्द्र शाहले केन्द्रिकरण प्राणीलाई विकेन्द्रिकरण गरिएका ५ वटा विकास क्षेत्रलाई कार्यान्वयनमा ल्याउन सक्नुपर्दथ्यो । ५ वटा विकास क्षेत्र नाम मात्रको विकेन्द्रिकरण भएर पनि कार्यान्वयनमा आउन सकेनन् निष्क्रिय भई रहयो तर यो होइन की श्री ३ जंग बहादुर राणा, श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह र श्री ५ महेन्द्र शाहले बनाएका संरचना र निर्माण गरेका कार्यहरुलाई प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलहरुका नेताहरुले भताभुङ्ग गर्दै एक पछि अर्को माथि प्रहार र ध्वस्त गर्न लागि रहेका छन् । यो मुलुकको हितमा छैन अहितमा छ।

हाम्रो मुलुकको विगत देखिको घटनाक्रमले के देखाउ“छ भने बेला बखतमा राजाहरु बाट बहुदलको घोषणा गर्ने र यस माथि पटक पटक प्रतिबन्ध र अंकुश लगाउने कार्य गरियो । राजनीतिक दलहरुका नेताहरुबाट बहुदलको सदुपयोग हुन नसकेर राजाबाट बहुदल माथि प्रतिबन्ध र अंकुश लगाउने कार्य गरेको रहेछ ।

विश्वमा एक मात्र मुलुक हाम्रो मुलुकमा राजनीतिक दलहरुका नेताहरुबाट र राष्ट्रघातीहरुबाट हिन्दु राष्ट्र र राजाको शालिक जस्ता हाम्रो मुलुकको इतिहासलाई मेट्ने, मास्ने र समाप्त पार्ने काम भयो ।अन्तर्राष्ट्रिय मुलुकहरुमा कु्रर र शत्रु भएपनि इतिहासलाई सम्भालेर राख्ने गरिन्छ । तर हाम्रो मुलुकमा इतिहासलाई मास्ने र समाप्त पार्ने काम गरिन्छ । श्री ५ त्रिभुवन, पृथ्वीनारायण, महेन्द्र र विरेन्द्रको शालिकले के गरेको थियो ? शालिकलाई हटाएर र इतिहासलाई मेटेर प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलहरुका नेताहरुले आज सम्म मुलुकमा के नै उपलब्धि गराए ? इतिहास कहिले मेटेर मेटिदैन । इतिहास संधै अमर रहन्छ, अव नेपाली नागरिकहरुले राजा ज्ञानेन्द्र शाहलाई पुन ः नारायणहिटी राजदरबार फर्काएर राख्नुपर्ने आवश्यकता रहेको छ । यसमा नै नेपालीबासीहरुको हित हुनेछ ।

स्वतन्त्र नेपाली नागरिकःराकेश कुमार शर्मा, साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६ हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २, मो. नं. ९८४८०५५७७६ ÷ ९८१२४९१३९७

प्रतिक्रिया